coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समाजवादकाे जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

पाँचथर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन्।

सदरमुकाम फिदिममा आज बिहान राससकर्मीसित कुरा गर्दै उनले भने, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उनले आैँल्याए। काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पुर्याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उनले बताए।    रासस

 

प्रकाशित: २९ वैशाख २०७५ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App