आलेख

मोदी यात्रा : न विरोध न अतिभक्ति

शनिबार, २९ बैशाख २०७५, ०८ : ३९ डा. रमेश ढुंगेल

पृष्ठभूमि
नेपालको छिमेकी मित्र देशहरूसँग सम्बन्धको सन्दर्भमा सामाजिक–सांस्कृतिक बाटो अझ महत्वपूर्ण, सरल र उपयोगी हुनसक्छ। यो बारेमा भारतमा २०१२ मा मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ मैले दुईवटा लेख यसै पत्रिकामा प्रकाशित गरेर स्पष्ट पारेको थिएँ। अहिले मोदी र उनका सल्लाहकारले मैले उक्त लेखका माध्यमबाट जुन रूपको सल्लाह तथा सुझाव दिने कोशिस गरेको थिएँ, ठीक त्यही बाटो समातेको देखियो। नेपाल–भारत सम्बन्धको इतिहास र परम्परालाई गहन रूपमा हेर्दा यो बाटो नै सर्वश्रेष्ठ भएकाले चिन्तनशील नेपाली र भारतीय नागरिक वा राजनीतिकर्मी कसैले पनि उक्त बाटोलाई गलत भन्न सक्दैन भन्नेमा विश्वस्त हुन सकिन्छ।

हाम्रो सम्बन्धको प्राचीनदेखि पछिसम्मका इतिहासका स्वर्णीम दिनहरू यस्तै किसिमका थिए। जसले नेपाल र भारतबीच संसारमा अन्यत्र कतै देख्नै नसकिने नौलो र दुवै देश र एकै सभ्यताका निम्ति अभूतपूर्व योगदान दिएको अभिलेख हाम्रा सामु स्पष्ट छ। यस्ता सम्बन्धले विगतमा नेपाल र भारतलाई विश्व सामु मानवीय सभ्यता र संस्कृति, ज्ञान–विज्ञान तथा प्राकृतिक स्रोत साधनको उपयोग, मान्यता तथा संरक्षण समेतमा उच्चस्थान स्थापित गर्नमा मद्दत पु-याएको थियाे।

मोदीले नेपालस्थित जनक र सीताको मूल थलोमा आई तिनको दर्शन र सम्मान गरी नेपालको हिमाली कन्दरामा अवस्थित मुक्तिनाथ वा आर्यावलोकेतेश्वर (फग्पा चेन रे शिग) तथा भारतकै आदिम युगका महायान बौद्ध धर्म (संस्कृति तथा परम्पराका महान धर्मगुरु आचार्य पद्मसम्भव (गुरु रिन्पोछे) तथा आदिम प्राकृतिक धार्मिक परम्परा मान्ने बोन्पोहरूको समेत ठूलो धार्मिक आस्थाको केन्द्र अर्थात् महाद्विपीय उच्च तीर्थस्थल पुगी शालिग्राम र महानदी माता गण्डकीको स्रोतको रूपमा मानिएको प्राकृतिक जलले स्नानगरी ढुंगो, माटो र पानीबाट निस्कने ज्वाला (स्थानीय भाषामा (साला मेवर, दोला मेवर, छुला मेवर) को समेत दर्शन र अवलोकन गरेर सारा हिन्दू तथा हिमाली भेकका किरात लगायतका मानिसका साझा तर देवताका पनि देवता (देवाधिदेव) महादेव (पशुपतिमा पूजा उपासना गर्दै यस्ता महाद्विपीय साझा धर्म र संस्कृतिका नेपालस्थित स्रोत तथा पवित्र धरोहरका संरक्षक नेपाली माझ उपस्थित भई सद्भावनाका उद्गार व्यक्त गर्नु भनेको हाम्रा साझा पद्दति र परम्पराको अवलम्बन र निरन्तरताप्रति ध्यान दिनु हो।

जेटमा उडेर त्रिभुवन विमानस्थलमा ओर्लिएर कुनै आधुनिक वा पुराना भवनको साँचो हस्तान्तरण गर्ने, टोस्ट प्रस्ताव गर्ने जस्ता कुरा हाम्रा साझा परम्परा र मौलिकता विपरित यूरोपमुखी देखासेखीको मात्र कुरा हुने हो न कि हाम्रो महाद्विपीय परम्परा अनुकूल। यस अर्थमा मोदीको जानकी मन्दिर दर्शनबाट सुुरु भएको सद्भावनाको औपचारिक नेपाल यात्रालाई आलोचना गर्नुपर्ने कुनै ठोस कारण देखिँदैन।

जेटमा उडेर त्रिभुवन विमानस्थलमा ओर्लिएर कुनै आधुनिक वा पुराना भवनको साँचो हस्तान्तरण गर्ने, टोस्ट प्रस्ताव गर्ने जस्ता कुरा हाम्रा साझा परम्परा र मौलिकता विपरित यूरोपमुखी देखासेखीको मात्र कुरा हुने हो न कि हाम्रो महाद्विपीय परम्परा अनुकूल। यस अर्थमा मोदीको जानकी मन्दिर दर्शनबाट सुुरु भएको सद्भावनाको औपचारिक नेपाल यात्रालाई आलोचना गर्नुपर्ने कुनै ठोस कारण देखिँदैन।

अर्कोतर्फ सोझैँ जनकपुर वा लुम्बिनी आउनु र हाम्रा साझा धार्मिक, सांस्कृतिक धरोहरको अवलोकन र उपासना गरेर यस्ता पवित्रभूमिको रक्षा गरेर बसेका नेपाली मित्रजनलाई भेट्नु भनेको कुनै अर्थमा पनि नकारात्मक मान सकिन्न। यस सन्दर्भमा जनक र सीताको इलाकामा बस्ने हाम्रा नेपाली बन्धुले पनि भ्रमणलाई आफूलाई विशेष मान्यता दिएको वा त्यस्तो मान्यता लिन सफल वा लिने हेतुयुक्त भएको रूपमा अहंकार बटुल्नेतर्फको अलिकति पनि सोच राख्नु राष्ट्रिय र साझा हीतका निमित्त नकारात्मक कुरा नै हुन्छ।  मोदी कसको ? उनलाई कसले बढी रिझाउने वा प्रतिकार गरी चिढ्याउने ? अनर्थको राष्ट्रवादी बन्न खोज्ने दृष्टिकोण राख्नु भनेको नेपाल र भारतको वास्तविक परिस्थिति, सामाजिक, सांस्कृतिक परम्परा र इतिहासलाई  नबुझ्नु हो । सारा नेपाल तराई मलेरियाले र बाह्य आक्रमणबाट आक्रान्त तथा ध्वस्त भएर त्यहाँका सभ्यता नष्ट भई घना विशाल सभ्यता जंगल मुलुकमा परिणत हुँदाको अवस्थामा पनि नेपाल र भारतबीच सामाजिक सांस्कृतिक सम्बन्ध उत्तिकै निकट र बलियो रहेको जीवन्त इतिहास छ। दक्षिण एसिया वा भारतीय उपमहाद्वीपका महान सरस्वती तथा गंगा प्रश्रवण मैदानको वैदिक सभ्यतादेखिका मानवीय सभ्यता र धरोहरलाई जीवन्त राख्ने र शास्त्रीय तथा व्यावहारिक ज्ञान, वुद्धि, विवेकलाई निरन्तरता दिएर र सुरक्षा दिँदै बचाउने काम आफ्नै कोखको उत्पादन जस्तो गरेर नेपालको काठमाडौं उपत्यका, पर्वतीय तथा हिमाली प्रदेशले गरेको यथार्थ कसैका अगाडि छिपेको छैन । कुनै बखत वैदिक सनातन, बौद्ध र स्थानीय परम्पराको अध्ययन, अनुसन्धानका निम्ति र यथार्थमा भारतीय सभ्यताको अध्ययन र अनुसन्धानका निम्ति नेपाल अत्यन्त महत्वपूर्ण र विकल्परहित स्थान बन्यो।  त्यसैले त आधुनिक नेपालका निर्माता, दक्षिण एसियामा यूरोपीय साम्राज्य र इशाई धर्मका घनघोर विरोधी शत्रु पृथ्वीनारायण शाहले खुला रूपमै भनेका थिए । साम्राज्यवादी अंग्रेजले सारा हिन्दुस्तान कज्याएर दबाइरहेको छ। हिन्दूस्तानीको शीर जमिनमा लत्रिइरहेको छ। त्यसैले नेपाल नै अब दक्षिण एसिया (भारतीय उपमहाद्वीप)मा भारतीय सभ्यताको संरक्षण र संवद्र्धन गर्न सक्ने वा बचाउन सक्ने साम्राज्यवादी इशाई वेधर्मीले कुल्चन नसकेको असली अर्थात् खास हिन्दूस्तान रहेछ । यसो भनेर आफ्नो बुझाई र त्यसको सुरक्षाको आवश्यकतालाई उनले औंल्याएका थिए । उनले त्यो बेधर्मी साम्राज्यवादी शक्ति खजाना खोज्न र भारतबाट भागेका र बचाएर ल्याएका शास्त्र र परम्परालाइ नष्ट गर्न नेपालमा पनि अवश्य आउँछ ।  तर, यो प्रकृतिले बनाएको किल्ला हुनाले र आफ्नो राम्रो तयारी भए निरन्तर बचाउन सकिने छ भनेर पनि स्पष्ट रूपमा बोलेका थिए।

न अतिभक्ति न दानवीकरण   
हेक्का रहोस्, जनकपुरलाई  किशोरीजीको आँगनको रूपमा मात्र र मुक्तिनाथ समुद्र शयनकर्ता बिष्णुको हिमाल चढेका बेलाको भूमिको रूपमा मात्र व्याख्या गरेर भारत र नेपाल विविधपक्षीय परम्परागत सम्बन्धका फाँट र सम्भावनालाई खुम्च्याएर मोदी र उनका प्रबुद्ध र असल सल्लाहकारलाई संकुचित घेराभित्र पार्नु हुन्न। न त यस्तो मांगलिक परिवेशमा हामी नेपाली विभाजित हुन उद्यत भएर मार्गहीन भएको आफ्नो कमजोरी चटक्क भुलेर नाकाबन्दीको घोर र घृणित अमानवीय घटनाको दोष सिर्फ मोदीमाथि थुपारेर उनीमाथि एकोहोरो दानवीकरण (डिमोनाइजेसन) गरेर रिस साधन गर्न मिल्छ ! चार भाषामा मोदीको स्वागत गर्ने अनावश्यक र बेतुकको प्रस्ताव के मोदी वा उनका सल्लाहकारले उठाएको हो ? ईश्वर  सम्झिएर यथार्थ बोल्नु आवश्यक भएको छ अहिले ! किन चाहियो नेपाली र मैथिली बाहेकको भाषामा अभिनन्दन त्यहाँ? हामीले केको संकेत दिन खोजेको हो यसो गरेर? एक हिन्दुस्तानीले अर्को हिन्दुस्तानीका घर आँगनमा हिन्दी भाषाले काम गर्दैन त्यहाँ भन्ने यथार्थ किन हामीले भुलेको ? महाभूकम्पको भयानक असरले छटपटिएका उपत्यका र पहाडका नेपालीप्रति सहानुभूति प्रकट गर्दै त्यस राष्ट्रिय संकटको घडीमा आन्दोलन, हड्ताल आदि बन्द गरेर इन्धन, खाद्यान्न आदिको सहयोग गर्ने, गराउनेतर्फ तराईबाट प्रतिनिधित्व गर्ने हाम्रा राजनीतिक नेताबाट कुनै कदम चालिए त्यसबेला ? सहानुभूतिका वक्तव्यसम्म पनि आए त नेपालीबाट नेपालीका निम्ति ? सम्पत्ति जोहो गर्ने महाभ्रष्ट र अमानवीय व्यवसाय फैलाइयो त्यसबेला नेपाल तराईभरि ! जुन बेला सारा पूर्व पहाडी नर उपत्यकाबासी नेपाली विल्ख्वंद भएर मानसिक स्थिरता गुमाएको अवस्था थियो । अहिले वार्तीय प्रधानमन्त्रीको भ्रमणमा सारा प्रदेश बिदा दिने, घरघरबाट फूलपाती लिएर स्वागत दर्शनका निम्ति बाहिर निस्कनुपर्ने, सारा हिमाली पैदलयात्राको बाटो हप्तौं रोक्नुपर्ने बाध्यता र आवश्यकता भनेको के हो ? त्यस्ता उर्दी जारी किन गर्नु पर्यो प्रादेशिक सरकारले र संघीयले ? अनि, अब मुक्तिनाथ र काठमाडौंका जनता र सम्बन्धित प्रदेशचाहीँ मोदी र भारतीय मित्रका निम्ति प्रदेश २ का भन्दा टाढाका हुन् त भन्ने प्रश्न उठ्ने अवस्था कसले सृजना गर्यो ? यो काम त मोदीले र भारतीय मित्रले अवश्य गरेको होइन नि! हाम्रै चाहनाले हाम्रै भोटका हिसावले अत्यन्त शक्तिशाली प्रधानमन्त्रीको निमन्त्रणामा सद्भावको बाटो लिएर दुई देश बीचको परम्परा धान्दै आएका मोदीको किन विरोध?

जनकपुरको जानकी मन्दिरको तीर्थयात्राबाट शुभारम्भ गरिएको यस भ्रमणलाई नेपालको प्रादेशिक संरचनालाई जोड दिन वा २ नम्बर प्रदेशलाई काखी च्याप्न बनाइएको तारतम्यको रूपमा व्याख्या गर्नु भनेको झन् दुई देशबीचको सम्बन्धलाई संकुचन गर्न खोज्नु हो कि होइन? नेपाल, भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धको जानकार कुनै पनि संवेदनशील भारतीय सरकार प्रमुख वा नेताले नेपालमा अघिको राजा र अञ्चलाधीशको समयमा भए पनि लुम्बिनी वा जनकपुरवाट मैत्री तथा धार्मिक, सांस्कृतिक यात्रा सुरु गर्न सक्थे र त्यो अत्यन्त सौहार्द र सामाजिक र मानवीय भावना तथा परम्परा अनुकूल नै हुन्थ्यो । त्यस्तो भएको भए अन्चलाधीश, माननीय जनप्रतिनिधि, जिल्ला सभापति तथा राजाले खटाएका कुनै राज प्रतिनिधि समेतले स्वागत गर्थे। त्यसैले मोदीको जनकपुर यात्रा र त्यहाँको पूजा आराधना, स्वागत तथा अभिनन्दन कार्यक्रमको विरोधको कुनै गुन्जायस देखिँदैन । खाली कस्तो किसिमले स्वागत गरिँदैछ । अतिभाक्तिका वा आफू नजिकको देखिने र देखाउने प्रवृत्तिलाई कत्तिको हावी पारिँदै छ भन्ने प्रश्न भने विचारणीय मात्र नभई हाम्रै अति अवसरवादी स्वार्थी र राष्ट्रिय एकता विरोधी भाव कति चुलिएको स्थिति व्यापक भएको छ भनेर बुझ्न सकिन्छ।

पहिलो भ्रमणको पाठपूजा, सम्बोधन आदिको लोकप्रियता र दोस्रो भ्रममा परेको र पारिएको भ्रमलाई हेर्दा यो भ्रमणको धार्मिक, सांस्कृतिक नीतिलाई अवश्य उत्तम मान्नुपर्छ । यसमा हाम्रा धरोहरको संवद्र्धन, दुई देशबीचका साझा सामाजिक, सांस्कृतिक तथा धार्मिक धरोहर सम्बन्धि अध्ययन, अनुसन्धानका विषय, सीमा सम्बन्धि र यस्ता सांस्कृतिक इतिहास र वर्तमान यथार्थमाथि केन्द्रित गर्न सम्बन्धित विद्वत क्षेत्रलाई संलग्न गरेको उच्चस्तरीय दुई पक्षीय टोलीको निर्माण, पृथ्वीनारायण शाह जस्ता तात्कालिक भारतीय उपमहाद्वीप तथा अहिलेको दक्षिण एसियामा यूरोपको साम्राज्यवादको विरुद्धमा उभिएका, हिन्दूस्थानी र स्थानीय सबैखाले परम्परागत सभ्यता र संस्कृतिका साझा संरक्षक, महापुरुषको सामूहिक सम्मान गर्ने धारणा जस्ता साथै नेपाल र नेपालीलाई एकतामा आवद्ध गराउन र समग्र उत्थानमा मद्दत पुर्याउने बचन र कार्यक्रमको घोषणा आदि मोदीको तर्फबाट नेपालीले आशा गरेका र गर्न सकेन स्वाभाविक विषयवस्तु भने अवश्य हुन्।

साझा ऐतिहासिक यथार्थ
हिमाल र त्यहाँबाट बग्ने हिमनदी नेपालले जन्माउँछ, अधिकांश भारत सिंचित हुन्छ। हाम्रा पितृ हाम्रा पहाडमा चोला छोड्छन्, तिनका अवशेष गंगालगायत भारत पुगेका महानदीमा सेलाइन्छन्, अनि तर्पण दिइन्छ भारतको गयामा।  नेपालले सिद्धार्थलाई कपिलवस्तुमा जन्माउँछ, नेपाली समाजले नै उनलाई ज्ञानी हुने, प्राणि जगतको कल्याणको बाटोको खोजी हुनुपर्छ भन्दै त्यस्तो खोजीका निम्ति प्रेरणा दिन्छन् भारतले उनलाई ज्ञान प्राप्त गराउँछ । अनि, नेपाली चिन्तक युवाले भारतको भूमिमा बौद्ध धर्म र दर्शनको प्रादुर्भाव र विकसित गर्छ। यता नेपालले त्यस प्रयासमा काँधमा काँध मिलाएर महत्वपूर्ण भूमिका निभाउँछ।  भारतमा वैदिक सनातनी धर्म, संस्कृतिको विकास हुन्छ, नेपालले न फेरि उसैगरी त्यस काममा भाग लिन्छ । अनि, फेरि बाह्य आक्रमण हुन्छ भारतमा र विकसित धर्म र सांस्कृतिक परमपरा ध्वस्त हुन लाग्दा नेपालले खर्लप्प काँध थपेर त्यसको बचाउ र सम्बर्धनको काम गर्छ । भारतले हिमालमा बद्री, केदार जस्ता धामको विकास गर्छ हिमालमै, नेपालले देवाधिदेव भगवान पशुपति क्षेत्र र मुक्तिक्षेत्रको विकास गर्छ । भारतले अयोध्यामा मर्यादा पुरुषोत्तम राम जन्माउँछ, नेपालले जानकी र सीता । जनक राजाको राजधानी नेपालमा हुन्छ, राज्य भने भारतीय भूभागसम्म फैलिएको हुन्छ।  त्यस्तै,  प्राचीन कपिलवस्तुको राजधानी र मूल भूमि नेपालमा हुन्छ, राज्य र सभ्यता भने भारतीय भूभागसम्म । पहाडको अनकन्टार भीर र पहाडको भूखण्डमा पृथ्वीनारायण स्वतन्त्र देश बनाएर बचाउँछन् । तर, सारा भारतलाई भने अंग्रेजको साम्राज्यले अधिनस्त गर्छ । उता फेरि साम्राज्यवादी अंग्रेजलाई तर्साउने प्रपन्च र भारत खाएको दुःख र असन्तुष्टी बोध र विरोधको शंखनाद  पृथ्वीनारायणले गर्छन्। र, सारा हिन्दूस्तानका मूल धर्म परम्पराको नेपालमा संरक्षण गर्न सफल हुन्छन्।

महान र अति प्रतिष्ठित तथा हिमाली परम्परामा उच्चरूपमा सम्मानित बौद्ध आचार्य पद्मसंभवलाई भारतले जन्माउँछ । नेपालले उनलाई स्वागत गर्छ र नेपालकै प्रयास र सहयोगमा भोट पुर्याइन्छ। र, उनको नाम र कामका सारा गुप्त क्षेत्रको रूपमा सम्मानित हिमाली बौद्ध तीर्थको विकासचाहिँ  नेपालमा हुन्छ। भारतमा श्रीलंकामा सिंहल तथा गुहमित्र, संघमित्र जस्ता महान दाता बौद्ध व्यापारी सार्थवाहहरू जन्मन्छन् अनि उनीहरू नेपालमा आएर व्यवसाय र दान (धर्मका काम गर्छन्। पशुपति यहाँ प्रादुर्भाव हुन्छन्, शास्त्री पुजारी दक्षिण भारतले जन्माउँछ। खस तथा यक्षराजको भूमि नेपाल र कैलाश मानसरोवर हुन्छ, संरक्षक देवको रूपमा भारतमा सम्मानित हुन्छन्। यिनै नागराज या चल्लवंशी मानिने यक्ष वा खश शासकहरू नेपालको सिँजा र दुल्लु राजधानी बनाउँछन्। तर, धर्म परम्पराको रक्षाका निम्ति असिमित भूभाग अधिनस्त गर्दै कुमाउँ, गढवाल, तथा लुम्बिनी, बोधगयासम्म पुग्छन्। र, असंख्य दान (धर्मका काम गर्छन् । स्थानीय परम्पराको बेधर्मी सोक्पो र होर्पोको आक्रमण तथा थिचोमिचोबाट बचाउँछन्।  उनीहरू नै कैलाश मानसरोवर, गुंगे, पुरांङ, ङरीजस्ता पश्चिम तिब्बतको भूभागमा बौद्ध परम्पराको रक्षाका निम्ति लड्छन्। शालिग्राम नेपालका हिमालमा पाइन्छन्, तिनको धार्मिक र सामाजिक महत्व सुदूर दक्षिण भारतसम्म नेपालमा भन्दा अधिक फैलिन्छ । छोरीको विवाहमा सुनचाँदीको बैठक सहित बट्टामा राखेर दिने चलनसम्म पनि असीम इज्जत र धर्मको रूपमा मानिन पुग्छ। यतिसम्म कि भारत अंग्रेजको पन्जाबाट स्वतन्त्र हुने अभियानमा सरिक हुन फेरि नेपाली युवाले जेलनेल नै खाएर संलग्न भएको इतिहास पनि हाम्रो अगाडी ताजै छ!

कसरी अगाडि बढ्ने?
यस्तो ऐतिहासिक परिवेशमा मोदी सरकारको रामायण सर्किटको योजना अगाडि आएको छ। र, जानकी दर्शनसँगै  जनकपुरदेखि नेपाल यात्रा पनि सुरु भएको छ मोदीको।  यस सन्दर्भमा हामी नेपाल, भारतबीचका सम्बन्धका अनेकौं धार्मिक, सांस्कृतिक सर्किटको वास्तविक र प्रमाणको अन्वेषण र विकास गर्न सक्छौं। जसमा बौद्ध, शिव, वैष्णव, शाक्त तथा योगिनी पीठ, नदी तीर्थ, वैदिक आश्रम तीर्थ तथा साझा सांस्कृतिक भूगोलका सरस्वती र गंगा सभ्यतालाई हिमाल पारिसम्म जोड्ने प्राकृतिक र मानवीय इतिहासका अध्ययन–अनुसन्धान सम्बन्धि अनेकौं सर्किटको विकास गर्न सक्छौं। यस सुकार्यका निम्ति पनि दुई देशहरूका विशेषज्ञ र सम्बन्धित सरकारी तथा राजनीतिक व्यक्तिहरू संलग्न उच्च समितिको व्यवस्था गरेर त्यसको प्रतिवेदन र खाका अनुरूप अगाडि बढ्न सकिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad