व्यंग्य

मेरो तिन तोला सुन

शनिबार, २९ बैशाख २०७५, ०८ : ३७ सुरेश किरण

हिजो कै मात्र कुरा हो । अफिसबाट आएर घर के पुगेको थिएँ, मेरो सातो उड्यो । कारण, घरको मूल ढोका खुलै थियो । कोठा पनि खुलै थियो । अझ सबैभन्दा ठूलो कुरा त दराज पनि खुलै थियो । घरको यो अवस्था देखे पछि बुझिहालियो, घरमा चोर पसेको रहेछ । त्यो पनि दिउँसै।

दराजमा रहेको तीन तोला सुन गायब पाएँ । अरु सानातिना कुरा पनि छैनन् । तर, तिनका दाँजोमा तीन तोला सुन महत्वपूर्ण  देखियो । चोरले घरमा भएको सबैभन्दा ठूलो कुरै चोरेका रहेछन् । म त अनायासै चिच्याउन पुगेछु क्या रे । छिमेकी दाइ र भाउजुहरू ‘के भो ? के भो ?’ भन्दै दौडेर आउनुभयो । चोरीको कुरा बताएँ । तीन तोला सुन हराएको पनि सुनाएँ । अब के गर्ने ?मैले नै भनेँ, ‘दाइ, पुलिसमा एउटा रिपोर्ट हाल्नुपर्ला । पुलिसले खोजिदेला कि ?’भाउजुले भन्नुभयो, ‘हो नि, एउटा रिपोर्ट त हाल्नै पर्ला । पुलिसले चोर पनि समाउला, सुन पनि भेटाउला । बरु अहिले नै रिपोर्ट राख्नुपर्ला।’

दाइले केही भन्नुभएन । पुनः मैले नै भनेँ, ‘हुन्न दाइ ? रिपोर्ट हाल्नुपर्ला नि हगि ?’दाइले विस्तारै बोल्नुभयो, ‘रिपोर्ट हाल्नु त ठीकै होला । तर रिपोर्ट हाल्दैमा पुलिसले खोज्न सक्ला र ?’‘किन दाइ ? पुलिसले खोज्न सक्दैन ? पुलिसले नसके कसले सक्छ त ?’दाइले भन्नुभयो, ‘हराइरहेको त्यत्रो तेत्तिस किलो सुन त अहिलेसम्म भेट्टाउन सकेको छैन भने तिम्रो त्यो जाबो तीन तोला भेट्टाउला र ?’

हँ ? म झस्केँ । अहिले बजारमा तेत्तिस किलो सुनको खुब ठूलो चर्चा चलिरहेको छ । सुन हराएको महिनौँ भइसक्यो । अहिलेसम्म भेटिएको छैन । अहिले सम्पूर्ण देशकै ध्यान तेत्तिस किलो सुनमा गएर अडेको छ । कहाँ गयो होला त्यत्रो सुन ? सबैतिर एउटै प्रश्न छ ।साँच्चै कहाँ गयो होला त्यो सुन ? मलाई आफ्नो तीन तोला सुन कहाँ गयो भन्दा पनि तेत्तिस किलो सुन कहाँ गयो भन्ने चिन्ता पो लाग्न थाल्यो । तेत्तिस किलो सुन भनेको तेत्तिस किलो आलु होइन । आलु हराए त एकैछिनमा भेट्टाइन्छ भने सुन किन भेटिएन ? हप्तौँ भइसक्यो । भेटिएको छैन।

देशमा शान्ति सुरक्षाको स्थिति खस्किँदै गइरहेको छ भनिन्थ्यो, हो रहेछ । शान्ति त थाहा भएन । सुरक्षा चाहिँ खस्केकै हो । आज तेत्तिस–तेत्तिस किलो सुन त एकैछिनमा हराउने स्थिति छ भने सुरक्षाको स्थिति कति खस्केको होला, त्यसै अनुमान लगाउन सकिन्छ । सुन्छु, विमानस्थलबाट सुन आइसकेको थियो रे । बाहिर पुग्दा हरायो रे । ल हेर्नोस् ! कति फितलो सुरक्षा ? मलाई त अब यो देशको सुरक्षा प्रणालीप्रति कुनै विश्वास रहेन । तेत्तिस–तेत्तिस किलो सुन त यसरी हराउँछ भने हाम्रो दुइ चार तोलाको के सुरक्षा हुन्थ्यो र ?

फेरि यो हराएको सुन कुनै ऐरेगैरेको पनि होइन । तस्करको सुन हो । तस्कर भने पछि बुझ्नुहुन्छ होला नि, उनीहरूको आगेपिछे कति मानिस हुन्छन् । पुलिस प्रशासन त पूरा उनीहरूको गोजी मै हुन्छ । एअरपोर्टका सारा कर्मचारी उनीहरूकै इशारामा नाचिरहेका हुन्छन् । राजनीतिक नेताहरू उनीहरूकै घरमा भात खान जान्छन् ।

पार्टीहरू उनीहरूकै चन्दाले चुनाव जितिरहेका हुन्छन् । मन्त्रीहरू उनीहरूकै भाषा बोलिरहेका हुन्छन् । यति हुँदाहुँदै पनि उनीहरूकै सुन हरायो । त्यो पनि तीन तोला होइन । तेत्तिस किलो ! (तीन तोला त मेरो हराएको हो ।) भनेपछि देशको सुरक्षास्थिति कति कमजोर भइसकेको रहेछ आफै बुझ्नुस् । त्यत्रो ठूलो तस्करको सुन त अब यो देशमा सुरक्षित छैन भने हामी जस्ता सर्वसाधारणको सुन के सुरक्षित होला र ?

मैले आश मारेँ । जुन पुलिस प्रशासनले त्यत्रो तेत्तिस किलो सुन त आजसम्म भेट्टाउन सकेको छैन मेरो तीन तोला के भेट्टाउन्थ्यो र ? मैले रिपोर्ट दर्ता गर्ने विचार त्यागेँ । यसले बेकारमा पुलिसलाई अर्को तनाव मात्रै थपिनेछ ।
तै पनि मन मानेन । मेरो सुन नभेट्टाए पनि तेत्तिस किलो भट्टाइसकेछ कि ? भेट्टाइसकेको रहेछ भने मेरो पनि भेटिने सम्भावना त छ । मैले प्रहरी कार्यालयमा फोन गरेर तेत्तिस किलो सुन बारे जानकारी लिन चाहेँ ।‘हेलो ! प्रहरी कार्यालय हो ?’‘हजुर जय नेपाल । भन्नुस् के सेवा गर्नुपर्यो ?’

‘भर्खरै मेरो तीन तोला सुन हराएको छ । रिपोर्ट लेखाउँ कि भनेर....’‘ओहो, अहिले यो तीन–चार तोला सुन हराएको कुरै नगर्नोस् । हामी त तेत्तिस किलो सुन खोज्दाखोल्दै हैरान छौँ ।’‘अनि यो तेत्तिस किलो सुन खोजीको स्थिति चाहिँ कहाँ पुग्यो त सर ?’‘हामी खोज्दैछौँ । नेपाल प्रहरीको सारा शक्ति नै अहिले तेत्तिस किलो सुनको खोजीमा लागिरहेको छ । हामीलाई आशा छ । हामी छिट्टै नै सुनको नजिक पुग्नेछौँ । हस् त जय नेपाल ।’

पुलिसलाई कुरा गर्ने समेत फुर्सद छैन । शायद सुनको खोजीमा जान हतार भएकोले होला।वास्तवमा अहिले बजारमा सुन मात्र होइन सुन ल्याउने तस्कर कता भाग्यो भन्ने चर्चा पनि चलिरहेको छ । तर नेपाल प्रहरी चाहिँ यति बेला तस्करलाई छोडेर सुनकै पछि लागिरहेको रहेछ । प्रहरीलाई पनि तस्करको भन्दा  सुनकै बढी चिन्ता लागेको रहेछ । प्रहरी जति सबै सुनको पछि लागे पछि तस्करलाई हाइसन्चै भएको होला । यस्तो गम्भीर अवस्थामा मेरो तिन तोला सुनको के कुरा गर्नु ?

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad