आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार्वजनिक

मङ्गलबार, १४ भदौ २०७३, ११ : २४ एजेन्सी

लण्डन– सबैभन्दा क्रुर आतंकवादी संगठनमध्येको एक इस्लामिक स्टेटको खतरनाक भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा एक बेलायती र अन्य चार बच्चाले  सिरियामा बन्दी बनाइएका कुर्द लडाकुलाई क्रुर तरिकाले हत्या गर्दै गरेको देखाइएको छ। एक युरोपेली पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नौ मिनेटको सो भिडियो केही दिन अगाडि सिरियाको राजधानीमा रेकर्ड गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ती बालक  बेलायत, इजिप्ट, टर्की, ट्युनिशिया र उज्बेकिस्तानका हुन्। हातमा बन्दुक लिएका एक बालकले अबरी भाषाको केही बोल्दै एक बन्दीलाई टाउकोमा थप्पड हान्छन्। त्यसपछि पाँचै जना बालकले आफूसँग रहेको बन्दुकले पाँचै जना कुर्द लडाकुको हत्या गरेको दृष्य देखाइएको छ।

भिडियोमा आइएसलाई सिरियाको रक्काबाट धपाइएपछि उनीहरु पहिला भन्दा झन क्रुर हुँदै गएको संचारमाध्यमले उल्लेख गरेका छन्। सो भिडियोमा सेनाका पोशाक लगाएका पाँच बालक देखाइएको छ। उनीहरुको हातमा बन्दुक छ। संचारमाध्यमका अनुसार ती बालक  बेलायत, इजिप्ट, टर्की, ट्युनिशिया र उज्बेकिस्तानका हुन्। हातमा बन्दुक लिएका एक बालकले अबरी भाषाको केही बोल्दै एक बन्दीलाई टाउकोमा थप्पड हान्छन्। त्यसपछि पाँचै जना बालकले आफूसँग रहेको बन्दुकले पाँचै जना कुर्द लडाकुको हत्या गरेको दृष्य देखाइएको छ।

आइएसले आफ्नो पछिल्लो समय हत्यामा बालकको प्रयोग गर्न थालेका छन्। ‘द सन’  पत्रिकाका अनुसार सो हत्यामा संलग्न बेलायती बालकको पहिचान  अबु  अब्दुल्लाह ब्रिटानीको रुपमा भएको छ। गोरो वर्ण र निला आँखा भएका ती बालकको उमेर  १२ वर्षको मात्र भएको बताइएको छ। अरबी भाषामा अबुको अर्थ छोरा हुन्छ।  उनी युवा ब्रिटिश आतंकवादी अबदुल्लाह अल ब्रिटानीको छोरा भएको हुनसक्ने संचारमाध्यमले उल्लेख गरेका छन्। जसको विवाह सिरियामा भएको थियो। उनको   ड्रोन आक्रमणमा मृत्यु भएको थियो।

‘द टाइम्स’ का अनुसार अर्को एक बालकले अरबी भाषामा ‘अमेरिका, बेलायत र  नरकमा सैतानको सहयोगबाट पनि कसैले कुर्दलाई बनाउन सक्दैन,’ भनेका छन्। त्यसपति पाँचै जना बालकले ‘अल्लाहु अकबर’ भन्दै आकाशमा पहिला गोली चलाएर  पाँचै जना कुर्द बन्दिलाई गोली हानी हत्या गरेको भिडियोमा देखाइएको छ। उनीहरुको शवमा पनि पाँच जना बालकले बारम्बार गोली हानेको देखाइएको छ।  पाँचै जना बालक आतंकवादीको नक्कल गर्दै गरेको देखाइएको छ। सिरिया र  इराकमा  धेरै बेलायती नागरिक आइएसमा भर्ती भएको आशंका गरिएको छ। लडाकुको संख्यामा कमी आउन थालेपछि आइएसले बच्चालाई निसाना बनाउन थालेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad