coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै वार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै वार्ता भएको छ। शुक्रबार विहान नेपाल आइपुगेका मोदी र ओलीबीच काठमाडौँको द्वारिकाज होटलमा वार्ता भएको हो। 

यसअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए । भारतबाट सिधै जनकपुर आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। जनकपुरबाट काठमाडौँ आएपछि उनलाई टुँडिखेलमा गार्ड अफ अनरबाट सम्मान गरिएको थियो। 

ओली र मोदीबीचको वार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएकाे छ। यसपछि दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: २८ वैशाख २०७५ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App