८ वैशाख २०८१ शनिबार
समाज

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

नेपालगन्ज- भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।  

 दुर्घटनामा परेर कालाफाँटा निवासी राबिया बेगम खाँको मृत्यु भएको हो। घाइतेको अवस्था बुझ्न श्रावस्ती भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालय पुगेका नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले घाईते हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि लखनऊ रेफर गरेको जानकारी दिए।

घाइतेमध्ये सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ। बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि हिँडेका कालाफाँटाका स्थानीय बासिन्दा सवार बस दुर्घटनामा परेको अध्यक्ष साहले जानकारी दिए। 

 

प्रकाशित: २८ वैशाख २०७५ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App