८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेशियाली प्रधानमन्त्री महाथिरले गरे मन्त्रिमण्डल विस्तार

क्वालालम्पुर – बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्। 

उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन्। 

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, बिज्ञान र सार्वजनिक सडक मन्त्रीको नाम पेश गरेका थिए। शुक्रबार मन्त्रिमण्डलमा विस्तार गरिने उनले जानकारी दिए। 

आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन्। 

यस अघिका प्रधानमन्त्री नजिक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो। 

आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। 

प्रकाशित: २८ वैशाख २०७५ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App