८ वैशाख २०८१ शनिबार
राजनीति

मोदीले के लेखे?

काठमाडौ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पुजा गरेपछि आगन्तुक पुस्तिकामा आफ्नो अनुभव लेखेका छन्।

उनले लेखेका छन्, ‘जनकपुरधामको यात्रा गर्ने मेरो धेरै पुरानो इच्छा आज पुरा भएको छ । भारत र नेपालका धेरै नागरिकको दिलमा विशेष महत्व राख्ने यो तीर्थस्थलको यात्रा मेरा लागि सम्झनयोग्य अनुभव रहेको छ।’

मोदीले अगाडि लेखेका छन्, ‘मलाई निकै न्यायो स्वागत गरेकोमा नेपाल सरकार र जनकपुरवासी प्रति म आभारी छु । जनकपुरवासी एवं सबै नेपालीको जीवनमा शान्ति, प्रगती र समृद्धिको लागि भारतीय जनताको तर्फबाट शुभकामना व्यक्त गर्दछु। जय सियाराम !’

प्रकाशित: २८ वैशाख २०७५ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App