coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

जानकी मन्दिरमा भारतका प्रधानमन्त्री, साथमा नेपालका प्रधानमन्त्री । तस्बिर साभार: भारतीय विदेश मन्त्रालयको ट्वीटर

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ प्रधान–तीर्थ यात्रीको रुपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्रीकाे रुपमा माेदी तेस्रो पटक नेपाल आएका हुन् ।

आज शुक्रवार जनकपुरको बाह्र विगाह मैदानमा भइरहेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेता युगदेखि नै प्रगाढ रुपमा चल्दै आएको बताए ।

सुरुमा मैथिली अनि नेपाली र हिन्दीमा भाषण गरेका मोदीले जानकी माताको विभिन्न कोणबाट प्रशंसा गर्दै दुई देशको सम्बन्ध जनस्तरमा पुग्दै झनै प्रगाढ भएको बताए । उनले माता जानकी विना अयोध्या अधुरो रहेको बताए ।

लयात्मक रुपमा भाषण गरेका मोदीले निकै ताली पाए । उनले नेपाल विना भारतको आस्था, विश्वास, धाम अधुरो रहेको बताए । उनले भने, ‘नेपाल विना हाम्रा राम पनि अधुरो छन्।’

भारतीय प्रधानमन्त्री मोदीले यसपटक नेपालका तीन प्रमुख तीर्थस्थलको भ्रमण गर्ने जानकारी दिए। जानकी मन्दिरपछि माेदीले  मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्दैछन् ।

प्रकाशित: २८ वैशाख २०७५ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App