coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा १४ घाइते

पर्वत – पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। 

बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग ३ ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन्। 

घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: २८ वैशाख २०७५ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App