८ वैशाख २०८१ शनिबार
अर्थ

बस सेवाले जोडियो जनकपुर- अयोध्या

जनकपुर-अयोध्या सिधा बस सेवाको शुभारम्भ गर्दै। तस्बिर: विजय राई

जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या सिधा बस सेवा उद्घाटन गरेका छन्। यो सँगै सीता जन्मभूमि जनकपुर र राम जन्मभूमि अयोध्या बस सेवाले जोडिएको छ।

जनकपुर धाममा एक कार्यक्रमका बीच दुई प्रधानमन्त्रीले बस सेवा सुरु गरेका थिए। यहाँबाट छुटेका बस अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री स्वामी आदित्यनाथले स्वागत गर्ने छन्। त्रेता युगको कथामा आधारित रामयणमा जनकपुरका राजा जनककी छोरीको बिहे अयोध्याका राजा दशरथका छोरा रामसँग भएको थियो।

१५ वटा तिर्थिस्थल जोड्ने योजना सहित भारतको पर्यटन मन्त्रालयले ल्याएको रामायण सर्टिटको योजनाले श्रीलंका सम्म जोड्ने छ। रावणले सीतालाई हरण गरेपछि श्रीरामले युद्ध गरेर सीतालाई अयोध्या ल्याएका थिए।

 

प्रकाशित: २८ वैशाख २०७५ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App