नयाँ राजमार्गमा चौकी राख्ने तयारी

शुक्रबार, २८ बैशाख २०७५, १२ : ३३ नागरिक

रसुवा – स्याफ्रुबेँसी–मैलुङखण्डको राजमार्ग निर्माण भएसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जले नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी गरेको छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार स्याफ्रुबेँसीबाट मैलुङसम्मको दूरीमा नयाँ सडक निर्माण भई अब नदी किनारबाट यातायात सञ्चालन हुने तयारी भएकाले निकुञ्ज क्षेत्रको अवैध कारोवार रोक्न जाँच चौकी स्थापना गर्न लागिएको हो।

अधिकांश भूभाग भिरपहराको क्षेत्र र पर्न सक्ने समस्यालाई दृष्टिगत गरी उपयुक्त स्थानको व्यवस्थापन कार्य अगाडि बढिसकेको रेञ्जर बस्नेतले बताए।

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने स्याफ्रुबेँसी–मैलुङ डबल लेनको १७ किमी सडकको निर्माण कार्य सम्पन्न भई गत चैत ३० गते नै स्थानीय पत्रकारलाई अनुगमन गराई सडक निर्माणको सन्देश प्रवाह गरिसकेको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ।

गल्छीदेखि बेत्रावती धुञ्चेतर्फ भइराखेको सडकभन्दा बेत्रावती–मैलुङ–रसुवागढी नयाँमार्गले २५ किमी दूरी कम गराएको र अब गल्छी–रसुवागढीसम्मको दूरी ८१ किमीमात्र हुने सडक निर्माणका प्राविधिकले जनाएका छन्। वि.सं. २०७२ साल वैशाखदेखि शुरु भएको उक्त डबल लेनको सडक सरकारले तोकेको समयसीमाभित्र सम्पन्न गरेको कार्यदलले जनाएको छ।

नेपाल–चीनको व्यापार व्यवसाय रसुवागढी नाकाबाट सञ्चालन हुनाले रसुवा जिल्लाको मुहार फेरिएको वरिष्ठ समाजसेवी दावा फिन्जो तामाङले बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad