coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रामायण सर्किटले जनस्तरमै सम्बन्ध : प्रधानमन्त्री ओली

जानकी मन्दिरमा प्रधानमन्त्री ओली र मोदी। तस्बिर : विजय राई

जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा पनि आगमन बढाउन जनकपुर-अयोध्या- जनकपुर वस सेवा सुरु भएको बताएका छन्। बस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको मात्र आगमन नभएर नागरिकस्तरमै यसले आगमन बढाउने विश्वास व्यक्त गरे। उनले रामायण सर्किटले जनस्तरमै सम्वन्ध बढाउने विश्वास लिए।

रामायण सर्किटमा यसको महत्वपूर्ण हुने उनको भनाई थियो। जनकपुरालई ज्ञान भुमि, तपोभुमिको रुपमा चिनिने ओलीको भनाई छ। जनकपुर धाम भन्ने वित्तिकै लव कुश खेलेको, सीताले आफ्नो उत्तरार्धमा जीवन विताएको सम्झना आउने बताए।

रामायण सर्किटमा राम सीताको जीवन चक्र जोडिएको बताउँदै उनले यसलाई त्यसै गरी जनस्तरमा विकास गर्न चाहेको बताए। समग्र जनकपुरको विकास कसरी गर्ने भन्नेमा सरकार केन्द्रित रहेको ओलीको भनाई छ।

'काममा विलम्ब गर्ने समय हामीसँग छैन', उनले भने 'विगतमा विभिन्न सहमति भएका छन्। अव कुनै विलम्ब नगरी काम हुन्छ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पटक पटक जनकपुर धाम र राम र सीताको नाम लिए।

प्रकाशित: २८ वैशाख २०७५ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App