coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अयोध्या र जनकपुरको नाता अटुट छ : माेदी

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गरेका छन् । सोही अवसरमा जनकपुर–आयोध्या बस सेवा पनि सञ्चालन भएको छ । 

उक्त सर्किटको शुभारम्भ गर्दै भारतीय प्रधानमन्त्री मोदीले अहिले पर्यटनको विकास तीव्र गतिमा भइरहेको बताए । उनले रामायण सर्किटबाट नेपाल र भारतका कराडौं मान्छे जोडिने विश्वास व्यक्त गरे । 

उनले जनकपुर र अयोध्याको सम्बन्ध अटुट रहेको स्मरणसमेत गरे । ‘अयोध्या र जनकपुरको नाता अटुट छ, अविष्मरणीय छ । अयोध्या–जनकपुर सिधा बस सञ्चालन भएकोमा बधाई,’ सम्बोधनका क्रममा उनले भने ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं जनकपुरमा उपस्थित भएर स्वागत गरेको खुसी व्यक्त गरे । उनले स्थानीय र प्रादेशिक सरकारलाई पनि धन्यवाद दिँदै जानकी मन्दिर आउने शौभाग्य मिलेकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।  

‘नेपाल सरकारले गरेको स्वागत हजारौं वर्षदेखि चलिआएको सम्मान र करोडौ भारतीयको सम्मान हो,’ प्रधानमन्त्री मोदीले भने । 
 

प्रकाशित: २८ वैशाख २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App