८ वैशाख २०८१ शनिबार
समाज

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। 

ना. ६ ख २३८७ नं. को गोरु बोकेको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–७ निवासी ३५ वर्षीय बोलकृष्ण बरालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ ज.४ प १८८५ नम्बरको मोटरसाईकल चलाएर आइरहेका बराललाई तीव्रगतिमा आएको ट्रकले बिहान पौने १० बजे पछाडीबाट ठककर दिएको थियो। घटना लगतै ट्रकका चालक फरार भएका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २८ वैशाख २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App