६ वैशाख २०८१ बिहीबार
राजनीति

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर जाने कार्यक्रम छ । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्नेछन् । 

उनको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीले स्थलगत र हवाइ दुवै तरिकाले गस्ती गरिरहेका छन् ।

जानकी मन्दिरमा पूजा सकेपछि मोदी १२ विघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीलाई चार भाषामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
 

प्रकाशित: २८ वैशाख २०७५ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App