६ वैशाख २०८१ बिहीबार
खेल

कीर्तिपुर र बुढानीलकण्ठबीच फाइनल

काठमाडौं – आयोजक कीर्तिपुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिका प्रदेश नम्बर ३ अन्तरनगरपालिका कप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा कीर्तिपुरले दक्षिणकाली नगरपालिकामाथि १००–३३ स्कोरको फराकिलो जित हात पार्दै फाइलनमा स्थान पक्का गरेको हो।

पहिलो क्वार्टरमा २५–६ स्कोरको अग्रता लिएको कीर्तिपुरले दोस्रो क्वार्टरमा पनि १९–७ स्कोरको अग्रता लियो । तेस्रो क्वार्टर २८–१८ को स्कोरमा जितेको कीर्तिपुरले चौथो क्वार्टरमा २५–२ को फराकिलो स्कोरमा जित हात पारेको हो । कीर्तिपुरका सौरभ श्रेष्ठले सर्वाधिक २९ स्कोर गरे।

बिहीबारै सम्पन्न पहिलो सेमिफाइनलमा बुढानीलकण्ठले भक्तपुर नगरपालिकालाई ८९–५६ को स्कोरमा पराजित गर्दै कीर्तिपुरसँगको उपाधि भिडन्त पक्का गरेको हो।

पहिलो क्वार्टरमा २१–१९ स्कोरको अग्रता लिएको बुढानीलकण्ठ दोस्रो क्वार्टरमा भने १७–१४ को स्कोरमा पछि पर्याे।  तेस्रो क्वार्टरमा २५–१५ को स्कोरमा जितेको बुढानीलकण्ठले चौथो क्वार्टरमा २९–५ स्कोरको फराकिलो अग्रताका साथ फाइनल यात्रा पक्का गरेको हो । बुढानीलकण्ठका विजय महर्जनले २० स्कोर गरे। फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: २८ वैशाख २०७५ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App