coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मिडिया हब र एएनएस क्रिएसन अन्तिम १६ मा

काठमाडौंं – मिडिया हब र एएनएस क्रिएसन नेपाल आइस आन फुटसल प्रतियेगिताको अन्तिम १६ मा प्रवेश गरेका छन्।

समूहका तीन खेलमा शतप्रतिशत नतिजा हात पार्दै ९ अंक जोडेको मिडिया हब समूह ‘एच’ को विजेता र ४ अंक जोडेको एएनएस समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका हुन्।

बिहीबार सम्पन्न समूह ‘एच’ को खेलमा एक बराबरी र दुई हार बेहोरेको नागरिक दैनिकको यात्रा भने समूहचरणमा सीमित बन्यो।

पहिलो खेलमा मिडिया हबलाई २–१ को नतिजा सुम्पिएको नागरिकले दोस्रो खेलमा एएनएससँग गोलरहित बराबरी खेल्यो । तेस्रो खेलमा भोयजलाई ४–० को नतिजा सुम्पिएसँगै नागरिकको अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

प्रकाशित: २८ वैशाख २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App