coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थेम्स र अक्सब्रिजको जित

काठमाडौं – महिलाको थेम्स र पुरुषको अक्सब्रिजले पाँचौं सेन्ट जेभियर अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार जित दर्ता गराएका छन्।

माइतीघरस्थित सेन्ट जेभियरको कोर्टमा भएको पहिलो खेलमा महिलाको थेम्स कलेजले आयोजक सेन्ट जेभियरलाई २१–९ को स्कोरले पराजित गर्दा पुरुषतर्फको खेलमा अक्सब्रिजले न्याथम कलेजलाई ४१–२६ को स्कोरले पराजित गरेको हो।

सेन्ट जेभियरलाई पराजित गर्न थेम्सले पहिलो क्वार्टर ४–३ को अग्रता बनाएको थियो । बाँकी क्वार्टरमा पनि हाबी भएको थेम्सले दोस्रो क्वार्टरमा ४–२, तेस्रो क्वार्टर ५–०, चौथो क्वार्टर ८–४ को अग्रता बनाउँदै जित दर्ता गर्न सफल भएको हो । थेम्सलाई जिताउन सर्वाधिक १० स्कोर गरेकी श्रेया खड्का वुमन अफ दी म्याच घोािषत भइन्।

यस्तै बिहीबारै सम्पन्न पुरुषतर्फको खेलमा अक्सब्रिजले न्याथमलाई पहिलो क्वार्टर १०–५ ले पछि पार्दा दोस्रो क्वार्टरमा ९–६, तेस्रो क्वार्टरमा १०–५, चौथो क्वार्टरमा १२–१० अग्रता बनाएको थियो । अक्सब्रिजलाई जिताउन सुविन श्रेष्ठले सर्वाधिक १२ स्कोर गरे भने अभिषेक राई म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगितामा शुक्रबार आइएसटी र थेम्स तथा ब्रिटिस र टेक्सस कलेजबीच खेल हुनेछ।

प्रकाशित: २८ वैशाख २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App