coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार ८ बिन्दुले ओर्लियो

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लाग्यो । उक्त दिन नेप्से सूचक ७.७० बिन्दुले घटेर १३४८.४५ बिन्दुमा आइपुगेको छ।

बिहीबार ३५ करोड ८८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कुल सात लाख ७३ हजार दुई १० कित्ता सेयर किनबेच भएका छन् । कारोबार भएका नौ वटै समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक ६९.२८ बिन्दुले घटेको छ ।

होटल समूह पनि ३१.८२ बिन्दुले ओर्लिको छ । जलविद्युत् समूह २५.६३ बिन्दु र वाणिज्य बैंक समूह ३.३४ बिन्दुले घटेका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी दुई करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा बुटवल पावर कम्पनी दोस्रो र स्वावलम्बन लघुवित्त विकास बैंक तेस्रो भएका छन्।

लगानीकर्ता र ब्रोकर कम्पनीहरु सबै भृकुटीमण्डपमा भइरहेको पुँजी बजार प्रदर्शनीमै व्यस्त भएका कारण पनि सेयर बजारमा बिहीबार खासै चहलपहल नदेखिएको हो ।

प्रकाशित: २८ वैशाख २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App