coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाँचतारे होटल सेन्टर प्लाजा सञ्चालनमा

काठमाडौं– पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा बनेको पाँचतारे होटल सेन्टर प्लाजा पूर्ण रुपमा सञ्चालनमा आएको छ । ५५ करोड रुपैयाँ लगानीमा निर्मित यो होटलमा ८० कोठा छन्।

यो २२ कट्ठा क्षेत्रफलमा बनेको छ ।नौ वर्षअघि बाँकेको कोहलपुरमा खुलेको होटल सेन्टर प्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै अर्को पाँचतारे स्तरको होटल निर्माण गरेको हो । निर्माण सुरु भएको २५ महिनामा आंशिक सञ्चालनमा आएको होटल सेन्टर प्लाजाले यही वैशाख २५ गतेबाट पूर्ण रुपमा ८० कोठा, स्विमिङ पुल, जिम, स्पा, बार, रेस्टुरेन्ट, कन्फ्रेन्स र ब्यांकेट सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको जनाएको छ ।पश्चिम नेपाल आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरेर पाँचतारे स्तरको सञ्चालन गरेको प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताए।

होटलको भवन अक्टागनल डिजाइन (अष्टकोण शैली) मा बनाइएको अर्यालले बताए । अक्टागनल शैलीमा बनेका होटल भवन नेपालमै बिरलै मात्र पाइने उनले दाबी गरे । पानीजहाज चढेको अनुभव दिने किसिमको क्रुज बार होटलको अर्को विशेषता भएको प्रबन्ध निर्देशक अर्यालले बताए ।होटलको संरचना अपांगमैत्री छ । होटलमा ३२ सय वर्गफिटको स्विमिङ पुल, दुईवटा बार, चारवटा सेमिनार हल र एउटा ब्यांकेट हल छ।

होटलमा सुइट र डिलक्स गरी ८० कोठा छन् । प्रिसिडेन्सियल सुइट रुमको एक सय ८० डलर, एक्जिक्युटिभ सुइट रुमको एक २० डलर, जनरल सुइट रुमको ९० डलर तथा सिंगल डिलक्स रुमको ५५ डल र ट्विन डिलक्स रुमको ६५ डलर दर तोकिएको उनले जानकारी दिए ।होटलले कोहलपुरलाई केन्द बिन्दु मानेर आसपासको २० किलोमिटर क्षेत्रका ग्राहकलाई निःशुल्क वातानुकूलित अत्याधुनिक बस सञ्चालन गरेको छ ।

प्रकाशित: २८ वैशाख २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App