कर्मचारीको भत्ता कटौती

शुक्रबार, २८ बैशाख २०७५, ०६ : २७ भुवन शर्मा

2947


काठमाडौं – सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ। नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन्। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ लाख १२ हजार र अन्य प्रकारका भत्तामा पाँच अर्ब ६८ करोड, ७५लाख ६५ हजार छुट्ट्याएको छ। स्थानीय भत्तामा एक अर्ब ३४ करोड, ९७ लाख नौ हजार, महँगी भत्तामा तीन अर्ब ४५ लाख ८७ लाख सात हजार छुट्ट्याइएको मन्त्रालयको भनाइ छ। सरकारले छुट्ट्याएको बजेटमध्ये गत वैशाख तेस्रो सातासम्म फिल्ड भत्तामा ६ करोड ८६ लाख एक हजार र अन्य प्रकारका भत्तामा तीन अर्ब ४२ करोड ४५ लाख १६ हजार रुपैयाँ खर्च भएको छ। स्थानीय भत्ताबापत ७५ करोड ८३ लाख ६ हजार र महँगी भत्तामा दुई अर्ब ३४ करोड ७९ लाख ३६ हजार खर्च भएको मन्त्रालयले जनाएको छ।

राज्यलाई झन्डै ६ अर्ब व्ययभार कम पर्ने सरकारी दाबी

सरकारले भत्ता कटौती गर्न कानुन संशोधन गर्ने निर्णय पनि गरेको छ। तीन महिनाभित्र कानुन संशोधन गरी महँगी र स्थानीय भत्ताबाहेक सबै प्रकारको भत्ता कटौती गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए। उनले नागरिकसँग भने, ‘कर्मचारीले पाउने भत्ता र सुविधामध्ये स्थानीय र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको छ। कानुनमा व्यवस्था गरी दिइएका भत्ताहरूमा तीन महिनाभित्र कानुन संशोधन गर्ने निर्णय पनि भएको छ।’

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सरकारी खर्चमा मितव्यियता अपनाउन र सरकारी काममा प्रभावकारिता ल्याउन निजामती कर्मचारीको स्थानीय र महँगीबाहेक सबै प्रकारका भत्ता कटौती गर्ने निर्णय गरेको बताए। स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्तासुविधा राक्ने हो भने राज्यलाई करिब पाँच अर्ब ८६ करोड रुपैयाँ व्ययभार कटौती हुन्छ । सरकारले कटौती गर्ने निर्णय गरेका अन्य प्रकारका भत्तामा दुर्गम भत्ता, पोसाक भत्ता, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता, हाजिरीमा आधारित भत्ता, कार्यक्षमतामा आधारित भत्तालगायतका भत्ता रहेका छन्। कुनैकुनै कार्यालयमा सरकारी कर्मचारीले भत्ता र सुविधाका नाममा तलबभन्दा तेब्बरसम्म बढी लिने गरेका छन्। प्रोत्साहन भत्ताका नाममा सरकारी कार्यालयले ५० प्रतिशतसम्म कर्मचारीलाई भत्ता दिने गरेका छन्।

सरकारले सार्वजनिक खर्च कटौती गर्न विभिन्न कार्यक्रम ल्याएको छ। सरकारी कार्यक्रम तालिम, सेमिनार, गोष्ठी सरकारी हलमै गर्ने, होटलहरूमा कार्यक्रम नगर्ने, सरकारी गाडी दुरुपयोग बन्द गर्ने, सरकारी गाडीको प्रयोगमा एकरूपता ल्याउने लगायतका कार्यक्रम छन्।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मारुनी नाच संरक्षणमा स्थानीय

मारुनी नाच संरक्षणमा स्थानीय

मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात मारुनी नाच देशका विभिन्न स्थानमा अहिले लोप हुने अवस्थामा पुगेको छ।

‘माथि माथि हिउँचुली’मा समृद्धि

‘माथि माथि हिउँचुली’मा समृद्धि

उमेरले ११ वर्षमा पाइला टेक्दै गरेकी समृद्धि तिमल्सिना सानैदेखि गीत संगीतमा रुचि राख्छिन्। घरमा होस् या विद्यालयमा उनी गीत गुनगुनाइ...

सुपरस्टारको खोजीमा ऐश्वर्या

सुपरस्टारको खोजीमा ऐश्वर्या

आमा बनेपछि बलिउडमा कमव्याक गरेकी नायिका ऐश्वर्या राय बच्चनका लागि कमव्याक सुखद बन्न सकेको छैन। ...

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

अभिनेता आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शीर्ष गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ। ...