जनप्रतिनिधिकै आडमा नदी दोहन, स्थानीय तहलाई दिएको अधिकार फिर्ता

बिहिबार, २७ बैशाख २०७५, १९ : ०४ ध्रुव दङ्गाल

सिन्धुपाल्चोक– जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ। 

भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन नदीजन्य पदार्थको उत्खनन् गर्न स्थानीय तहलाई दिएको अधिकार एकाएक फिर्ता लिइएपछि जनप्रतिनिधि, क्रसर व्यवसायी र बिचौलियाको त्रिपक्षीय मिलेमतोमा नदीमा ब्रह्मलुट मच्चाइएको खुलेको हो। स्थानीय तहको निर्वाचनपछि स्थानीय प्रशासनले कार्यविधि बनाएर नदीजन्य पदार्थ (ढुंगा, बालुवा) को उत्खनन् गर्ने अधिकारी सम्वन्धित गाउँपालिका, नगरपालिकालाई दिएको थियो। 

एक वर्षबीचमा सुनकोसी र इन्द्रावती नदी हालसम्मकै सर्वाधिक दोहनको सिकार बनेका छन्। अधिक ढुंगा, बालुवा निकाल्दा नदीमा बिशाल आकारका अनगिन्ती खाल्डा छन्। अबिरल बगिरहने इन्द्रावती नदीको त प्राकृतिक स्वरुप नै बिग्रिएको छ। त्यहाँ नदीलाई ठाउँ–ठाउँमा थुनेर धारै परिवर्तन गराइएको छ। ठुल्ठूला खाल्डा यहीँ छन्। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सुनकोसी र इन्द्रावती नदी चरम दोहनको चपेटामा परेको स्वीकार्छन्। ‘नदीजन्य पदार्थको दोहन भनिसाध्य छैन,’ उनले भने, ‘इन्द्रावती नदी त कुरुपै बनाइएको छ।’ उनले अनियन्त्रित दोहन रोक्न अनुगमन र कार्वाही थालिएको दाबी गरे। नदीको स्वरुप बिगार्दै वातावरणमै असर पर्ने गरी अप्राकृतिक र अवैध उत्खनन् भइरहेको पाइएपछि स्थानीय तहलाई दिएको अधिकारी फिर्ता लिइएको उनले जानकारी दिए। 

शनिबार नदीमा गरिएको अनुगमनपछि स्थानीय प्रशासन अधिकार फिर्ता लिने निर्णयमा पुगेको हो। भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन ढुंगा, गिटी र बालुवा अभाव नहोस् भन्ने उद्देश्यले प्रशासनले सर्वदलीय सहमतिमा स्थानीय स्रोत सञ्चालन कार्यविधि तयार पारी नदीजन्य पदार्थको उत्खनन् गर्ने अधिकार जनप्रतिनिधिलाई दिएको थियो। भूकम्प पीडितले स्थानीय तहका प्रमुख तथा अध्यक्ष र वडाध्यक्षको सिफारिसमा ढुंगा, गिटी, बालुवा झिक्न पाउने व्यवस्था कार्यविधिले गरेको थियो। 

यही फितलो व्यवस्थाको आडमा नदी दोहन चरम पारिएको पाइएको छ। ‘भूकम्प पीडितले फाइदा लिएको पाइन्। बरु पीडितका नाममा जनप्रतिनिधी, व्यवसायी र बिचौलियाले त्रिपक्षीय मितेमतो गरी नदी स्रोत लुटेको पाइयो,’ अनुगमन स्रोतले बतायो। एक सदस्यका अनुसार जनप्रनिधीले पीडितलाई दिएको सिफारिस देखाउँदै क्रसर व्यवसायी र बिचौलिया एक्स्काभेटर नै लिएर नदी छिरिरहेका छन्। ‘इन्द्रावतीमा मात्र पीडितका नाममा दैनिक ५० वटासम्म एक्स्काभेटर लगाएर ढुंगा, बालुवा निकालेको भेट्यौँ,’ उनले भने। 

सुनकोसी र इन्द्रावती नदीमा १२ क्रसर उद्योग सञ्चालनमा छन्। धेरै उद्योग इन्द्रावतीमा पर्छन्। धेरै उद्योग रहेकाले सुनकोसीको तुलनामा इन्द्रावती नदी दोहन अधिक छ। वातावरणीय प्रभाव मूल्यांकन गरिएको क्षेत्रमा एक किलोमिटर दुरीमा एउटा मात्र एक्स्काभेटर प्रयोग गर्न कार्यविधिले दिएको छ। व्यसायीले एक किमी क्षेत्रमा १० वटासम्म एक्स्काभेटर लगाएर ढुंगा, बालुवा झिक्ने गरेको स्थानीय बताउँछन्। उनीहरुका अनुसार प्रभाव मूल्यांकन गरिएको क्षेत्रबाहेकका स्थानबाट समेत उत्खनन् भइरहेको छ।

प्रजिअ तामाङ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र कार्यविधिले दुई मिटरसम्म गहि-याएर उत्खनन् गर्ने अधिकार दिएकोमा नदी चार मिटरभन्दा बढी खातलेको बताउँछन्। ‘ह्यूम पाइप लगाएर नदी धारै परिवर्तन गरिएको छ,’ तामाङले भने, ‘ठाउँ–ठाउँमा नदी थुनेर ताल बनाइ बहावमा अवरोध पु-याइएको छ।’
अनुगमन टोलीले मध्यरात बत्तीसमेत बालेर एक्स्काभेटरका माध्यमले नदी उत्खनन् गरेको भेटेको थियो।

उक्त दिन टोलीले इन्द्रावतीमा ६ र सुनकोरीमा तीन गरी नौ एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। जथाभावी एक्स्काभेटर लगाए १ लाख रुपैयाँ जरिवाना सजाय कार्यविधिमा गरिएको छ। एक्स्काभेटर लगाउने त्यस्ता क्रसर उद्योगमाथि कार्याही गरेर गएको भदौयता मात्र ३० लाख रुपैयाँ दण्ड जरवाना असुल गरिएको प्रजिअ तामाङले जानकारी दिए। 

कम सजायको यो प्रावधानले क्रसर व्यवसायीको मनोबल अझ बढाएको देखिएको छ। व्यवसायी पटक–पटक जरिवाना तिर्छन् तर नदीमा एक्स्काभेटर प्रयोग गर्न छोड्दंैनन्। नदीमा एक्स्काभेटर लगाउँदै एकै दिन लाखौँ आम्दानी गर्ने उनीहरु महिनौँमा आकस्मिक पक्राउ पर्दा पटकको १ लाख तिरेर उन्मुक्ति पाउने प्रावधानले अझै हौसिएका छन्। 

पाँच क्रसरलाई उत्खननमा रोक 

मापदण्डविपरित नदी दोहन गर्ने पाँच क्रसर उद्योगलाई स्थानीय प्रशासनले कारवाही गरेको छ। ती उद्योगलाई मापदण्ड पूरा नगरेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। 

उनका अनुसार नदी बहाव परिवर्तन गरेको, प्रभाव मूल्यांकन प्रतिवेदन नमानेको, ह्यूम पाइप प्रयोग गरी खोलो दबाएको, अनुमतिभन्दा बढी एक्स्काभेटर प्रयोग गरेको र चार मिटरभन्दा बढी गहि-याएर दोहन गरेको पाइएपछि त्यस्ता उद्योगलाई कारवाही गरिएको हो। अनुगमनपछि बुधबार बसेको जिल्लास्तरीय अनुगमन, सुपरीवेक्षण तथा समन्वय समितिको बैठक कार्वाही निर्णयमा पुगेको तामाङले जानकारी दिए। 

‘ती उद्योगले कानूनी र कागजी रुपमासमेत मापदण्ड पूरा नगरेको पाइयो। त्यो पूरा नगरेसम्म सञ्चालनमा आउन दिँदैनौं,’ उनले भने। मापदण्ड मिच्ने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रालि, जाल्पा इन्फ्रास्ट्रक्चर, गंगा इन्द्रावती क्रसर उद्योग, पाल्चोकीमाइ रोडा ढुंगा उद्योग र मेलम्ची ए कोन क्रसर एग्रिगेट प्रालिमाथि कार्वाही गरिएको हो। 

अवैध उत्खनन रोक्न कांग्रेसको ज्ञापनपत्र

नदीजन्य स्रोतको गैरकानूनी दोहन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सिन्धुपाल्चोक कांग्रेसले त्यस्तो काम तत्काल रोक्न माग गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस जिल्ला समितिले अन्यथा स्थानीय प्राकृतिक स्रोत संरक्षणका लागि कडा संघर्षमा उत्रने चेतावनी दिएको हो। 

ज्ञापनपत्र बुझाउँदै कांग्रेस उपसभापति शिव सुनारले नदी दोहनमा स्थानीय तहकै मिलोमतो रहेको आरोप लगाए। ‘यस्तो देख्दादेख्दै कांग्रेस मुकदर्शक भएर बस्न सकेन,’ उनले भने। अवैध दोहन रोक्न हालसम्म पहल नभएको देख्दा सरकारी निकायकै संलग्नता रहेको शंका बढेको ज्ञापनपत्रमा उल्लेख छ। ‘अवैध क्रसर सञ्चालनमा रोक लगाउन तथा प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन् रोक्ने कार्यमा कांग्रेस स्थानीय प्रशासनको सहयोगी बन्ने छ,’ ज्ञापनपत्रमा भनिएको छ। 

उपसभापति सुनार नेतृत्वको टोली जिल्ला सचिव बिलबहादुर तामाङ, तीनवटा क्रसर उद्योग रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका इकाइ सभापति यज्ञ दङ्गाल लगायत नेता तथा भातृसंगठनका प्रतिनिधिसहितको दलबल लिएर ज्ञापनपत्र बुझाउन प्रशासन पुगेको थियो। 

ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले प्रशासन एक्लैले क्रसर उद्योगका गैरकानुनी क्रियाकलाप र अनियन्त्रित नदी दोहन रोक्न नसकेको स्वीकारे। ‘एउटा पक्षलाई लाभ दिन खोज्दा नदीबाट अर्कैले फाइदा लिए,’ यही कारण स्थानीय तहलाई दिइसकेको अधिकारी फिर्ता लिनु परेको बताउँदै उनले भने। प्रशासन एक्लैले नियन्त्रण सम्भव नदेखेपछि संघ र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा पत्राचार गरेर समस्या अवगत गराएको उनले जानकारी दिए।







यसमा तपाईको मत

अन्य समाचार

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

Ncell Footer Ad