वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

बिहिबार, २७ बैशाख २०७५, १६ : ५६ नागरिक

काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापित भएको दुई सय वर्ष पूरा भएको चर्चा गर्दै नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिए। 

राजदूत मरिसको एक जिज्ञाशाको जवाफमा मन्त्री बस्नेतले नेपालले वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारे। ‘विश्व समुदायको एक हिस्साको हैसियतमा वातावरणीय प्रदूषण नियन्त्रण र त्यसबाट पर्ने प्रभाव कम गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकाका बारेमा नेपाल स्पष्ट छ’, उनले भने, ‘वातावरणका क्षेत्रमा हाम्रो घरेलु दायित्व निर्वाह गर्दै विश्वव्यापी दायित्व पूरा गर्नका लागि आवश्यक नीति निर्माणको तयारीमा हामी छौं।’ 

यस्तै राजदूत मरिसले बेलायतले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा आर्थिक लगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। नेपालको वन तथा वातावरण संरक्षणका क्षेत्रमा यसअघि गर्दै आएको सहयोगलाई बेलायतले यस वर्ष पनि जारी राख्ने जानकारी दिँदै राजदूत मरिसले खास गरी वन्यजन्तु तस्करी नियन्त्रणका लागि काम गर्ने चाहना आफ्नो सरकारको रहेको अवगत गराए।

भेटमा राजदूत मरिसले वन मन्त्री बस्नेतलाई बेलायत भ्रमणको निम्तो समेत दिए।







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad