१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीसँग विस्तृत छलफल गर्नेछु : मोदी

काठमाडौँ – नेपाल भ्रमणको अन्तिम तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पूर्व सन्ध्यामा ओलीसँग विस्तृत छलफल गर्ने बताएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत छलफल गर्ने बताएका छन्। 

मोदीले ट्वीटमा भनेका छन् , ‘ प्रधानमन्त्री श्री केपी शर्मा ओलीको निमन्त्रणामा म ११ मे मा नेपाल जाँदैछु। यो यात्राले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको दर्शाउँछ। द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउने विषयमा प्रधानमन्त्री ओलीसँग म विस्तृत रुपमा छलफल गर्नेछु।’

I will be visiting Nepal on 11th and 12th May at the invitation of PM Mr. KP Sharma Oli. This visit reflects the high priority India attaches to friendly relations with Nepal. I will be holding extensive talks with PM Oli on ways to further deepen bilateral cooperation.

— Narendra Modi (@narendramodi) May 10, 2018

त्यसैगरी मोदीले फेसबुकमा लेखेका छन्, 'हाम्रो दुई देशले पछिल्लो केही वर्षमा द्विपक्षीय कनेक्टिभिटी र विकासका परियोजनाहरू पुरा गरेको छ , यो हाम्रो नागरिकका लागि परिवर्तनका पहिलो शुरुवात हो। प्रधानमन्त्री ओली र मलाई पारस्परिक हितका मुद्दमा  चर्चा गर्ने मौका मिल्नेछ, साथै विभिन्न क्षेत्रमा हाम्रो सहकारी र साझेदारीलाई अगाडि बढाउन मौका मिल्नेछ। काठमाडौँका अलावा म जनकपुर र मुक्तिनाथ जाने तयारीमा छु। यो दुवै क्षेत्र तिर्थयात्रीलाई आकर्षित गर्ने क्षेत्र हुन्। यी क्षेत्रले भारत र नेपालका नागरिकबीच प्राचिन र बलियो साँस्कृतिक र धार्मिक सम्बन्धलाई प्रमाणित गर्छ।' 

मोदी शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ । भारतको पटनाबाट सिधै जनकपुर आउने मोदीलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । साथै मोदी मुक्तिनाथ जाने कार्यक्रम पनि रहेको छ।

प्रकाशित: २७ वैशाख २०७५ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App