coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टुसाल र च्यासलको विजय लय

काठमाडौं- टुसाल युथ र च्यासल युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा सोमबार जित पाएका छन्। सोमबार टुसालले महावीर क्लबलाई ३–१ ले हरायो। तीन खेलमा दोस्रो जित निकालेको टुसाल ६ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पिन्न खेलमा टुसालका अनिल धामीले १७औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए। लगत्तै विकास गुरुङले १८ औं मिनेटमा गोल थप्दै टुसालको अग्रता दोब्बर बनाए। टुसालबाट तेस्रो गोल ८६औं मिनेटमा दोर्जे तामाङले गरेका थिए। महावीरका तपन कार्कीले ३९औं मिनेटमा फर्काएको गोल सान्त्वनामापरिणत भयो। तीन खेलबाट १ अंकजोडेको महावीर १२औं स्थानमा छ।

च्यासलले लिगमा दोस्रो जित पाउने क्रममा सातदोबाटो युथ क्लबलाई २–१ ले रोकेको थियो। पहिलो हाफ गोलरहित बनेको थियो। ५३औं मिनेटमा विनोद केसीले गोल गर्दै च्यासललाई अग्रता दिलाए। त्यसमा अरुण श्रेष्ठले ५८औं मिनेटमा अर्को गोल थपे। ८०औं मिनेटमा सातदोबाटोका रिपु भुलानले गोल गरे। तर टोलीलाई जितका लागि त्यो पर्याप्त भएन। ६ अंक बटुलेको च्यासल पाँचौं स्थानमा छ।

अर्को खेलमा कुमारी क्लब र नयाँबस्ती क्लबले १–१ को बराबरी खेलेका छन्। हल्चोकमा भएको खेलमा सुवर्ण सामेखामले ३७औं मिनेटमा गोल गरेर कुमारीलाई अग्रता दिलाए। तर कुमारीकै कुलदीप कार्कीले ६०औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरी भयो। बराबरीमा रोकिएपछि श्रीकुमारीले अंकतालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो। ७ अंकसहित कुमारी तेस्रो स्थानमा छ। नयाँबस्तीले भने कुमारीविरुद्धको खेलबाट अंकको खाता खोलेको छ। १ अंक बटुलेको नयाँबस्ती१३औं स्थानमा छ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको 'बी' डिभिजन लिगको शीर्ष दुई क्लब 'ए' डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब रेलिगेसनमा पर्नेछन्।

प्रकाशित: १४ भाद्र २०७३ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App