६ वैशाख २०८१ बिहीबार
खेल

इनियस्टामा अस्ट्रेलियाको नजर

सिडनी – अस्ट्रेलियाली फुटबल प्रमुखले घरेलु लिग माक्र्यु खेलाडीको खोजीमा रहेका बेला स्पेनिस च्याम्पियन बार्सिलोना छोड्ने घोषणा गरिसकेका कप्तान आन्द्रियास इनियस्टाका एजेन्टसँग भेट्ने योजनामा रहेको बताएका छन्। 

स्पेनबाट सार्वजनिक समाचारहरुमा जनाइएअनुसार विश्वकप विजेता स्टार इनियस्टाको आगामी गन्तब्य अस्ट्रेलियाली ए–लिग हुनेछ । तर जापानको भिसेल कोबेले पनि इनियस्टालाई भित्र्याउने प्रयास थालिसकेको बताइएको छ । चीनको चोङकिङ लिफानले मंगलबार ३३ वर्षे इनियस्टालाई खेलाडीका रुपमा भित्र्याउन लागेको खवरको खण्डन गर्दै भविष्यमा अन्य कुनै भूमिकामा भने सहकार्य हुन सक्ने बताएको थियो।

बार्सिलोनामा दुई दशकको सफल करियरपछि इनियस्टाले क्याम्प नोउ छोड्ने घोषणा गर्ने वित्तिकै अस्ट्रेलिया फुटबल संघले आफ्नो देशको घरेलु फुटबल लोकप्रिय बनाउने उदेश्यमा उनका एजेन्टलाई भेट्ने योजना बनाएको जनाइएको छ । अस्ट्रेलिया फुटबल संघको वेभसाइटमा जनाइएअनुसार इनियस्टाको स्तरका खेलाडीको आगमनले घरेलु फुटबलले अर्को उचाई लिने अपेक्षा गरिएको छ। 

ए–लिगका प्रमुख ग्रेग ओ–रोउकेले अस्ट्रेलियाका चार क्लबले हालै माक्र्यु खेलाडीका लागि खर्च गर्न ३० लाख अस्ट्रेलियन डलरको रकम व्यवस्था गरेको र इनियस्टालाई भित्र्याउन त्यसको उपयोग हुन सक्ने बताए। 

‘हामीले क्लबहरुसँग इनियस्टा वा त्यस्तै स्तरका खेलाडी भित्रयाउने विषयमा छलफल गरिरहेका छौं । ठूला नामका एकै खेलाडी ल्याउनका लागि हामी ३० लाख डलर खर्च गर्न सक्छौं । अन्यथा हामी त्यही रकमबाट साना तीन खेलाडी भित्र्याउनेछौं,’ उनले पत्रकारहरुसँग भने, ‘हामीले विश्व फुटबलका ठूला नाम ल्याउँदा त्यसबाट हुने फाइदा अनुभव गरिसकेका छौं । एलेसान्द्रो डेल पियरो, इमाइल हेस्की र शिन्जी ओनोजस्ता खेलाडी ए–लिगमा हुँदा हाम्रो लिगले एकखालको उचाई हासिल गरेको थियो।’

 

प्रकाशित: २७ वैशाख २०७५ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App