८ वैशाख २०८१ शनिबार
खेल

पिएसजीलाई फ्रेन्च कप

पेरिस – लेस हेर्बियर्सले आफ्नो फुटबल इतिहासमा सनसनीपूर्ण प्रदर्शनका साथ यो सिजन सबभन्दा उल्लेख्य स्तब्धतापूर्ण नतिजा हासिल गरे पनि मंगलबार पेरिस सेन्ट जर्मन (पिएसजी) सँग २–० को नतिजामा स्तब्ध हुँदा फ्रेन्च कपको उपाधि उचाल्न भने सफल भएन।

लगातार चौथो पटक फ्रेन्च कपको उपाधि जित्न महारथी पिएसजीलाई कमजोर मानिएको लस हेर्बियर्ससँग निक्कै संघर्ष गर्नुपरेको थियो । स्टेड डे फ्रान्समा सम्पन्न फाइनलमा हेर्बियर्सको रक्षापंक्ति तोड्न पिएसजीले निक्कै संघर्ष गर्नुपरेको थियो।

तीन पटकका खतरनाक प्रहार विपक्षले जोगाउँदा निराश बनेको पिएसजीलाई २६औं मिनेटमा जियोभानी लो सेल्सोले अग्रता दिलाएका थिए । समय सकिन १६ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई इडिन्सन काभानीले गोलमा परिणत गरेपछि पिएसजी तेस्रो डिभिजनको टोलीमाथि जित हासिल गर्दै लगातार चौथो पटक उपाधि कब्जा गर्न सफल भएको थियो।

प्रकाशित: २७ वैशाख २०७५ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App