८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

उदयपुर– उदयपुरको पहाडी गाउँपालिका रौतामाईमा बुधबार राति आगलागी हुँदा २ घर जलेर नष्ट भएको । ३० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । 
बुधबार राति अन्दाजी ७ः३० बजे विद्युत पेल्ट्रिकसेटबाट सर्ट भई भएको आगलागीमा परी रौतामाई २ भुट्टारका रामकुमार मगरको घर र मतान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट खरको छानो र ढुंगामाटोको गारोले बनेको २ वटा घर पूर्णरुपमा ध्वस्त हुनुका साथै घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । 
पूर्व वडाध्यक्षसमेत रहेका मगरकै घरबाट उब्जिएको आगो सल्केर उनकोसँगै जोडिएर रहेको छिमेकी बलबहादुर मगरको घर र घरभित्र रहेका सम्पूर्ण जिन्सी र अन्नपात तथा लत्ताकपडा र भाँडाकुँडा पनि जलेको अस्थायी प्रहरी पोष्ट भुट्टारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर मानबहादुर श्रेष्ठले बताएका छन् । 
आगलागी भएलगत्तै पुगेको भुट्टार प्रहरी पोष्टका प्रहरी, स्थानीय र गाउँपालिका कर्मचारी मिलेर राति १०ः३० बजेभित्र पूर्णरुपमा नियन्त्रणमा लिइको वडाध्यक्ष खबिन्द्र रास्कोटी ठकुरीले बताए । आगलागीबाट रामकुमारको १५ लाख र बलबहादुरको १४ लाख बराबरको क्षति भएको सर्जमिन मुचुल्का प्रहरीले उतारेको अध्यक्ष रास्कोटीले बताएका छन् । 

 

प्रकाशित: २७ वैशाख २०७५ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App