७ वैशाख २०८१ शुक्रबार
खेल

मोर्गन र सेन्ट जेभियर्सको जित

काठमाडौं – मोर्गन र आयोजक सेन्ट जेभियर कलेजले राजधानीमा जारी पाँचौं सेन्टर जेभियर्स अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन्।

माइतीघरस्थित सेन्टर जेभियर्सको कोर्टमा भएको पुरुषतर्फको खेलमा मोर्गन कलेजले आइएसटी कलेजलाई ५९–४५ को स्कोरले पराजित गरेको हो भने अर्को खेलमा आयोजक सेन्ट जेभियर्स कलेजले थेम्सलाई ४६–२४ को स्कोरले पराजित गरेको हो।

आइएसटीलाई पराजित गर्न मोर्गनले पहिलो क्वार्टरमा १६–११ स्कोर गरेको थियो भने दोस्रो १६–५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । केही सुधारिएको खेल देखाएको आइएसटीलाई मोर्गनले तेस्रो क्वार्टर १५–१८ ले सुम्पिएको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा मोर्गनले १२–११ को रोमाञ्चक स्कोर बनाउँदै समग्रमा ५९–४५ ले खेल आफ्नो बनाउन सफल भएको थियो । मोर्गनका लागि योगेश लामाले सर्वाधिक १४ स्कोर गरेका थिए।

प्रतियोगिताअन्र्तगत बुधबारै सम्पन्न दोस्रो खेलमा सेन्ट जेभियर्स र थेम्सले पहिलो क्वार्टर ६–६ को बराबरी खेल्दा आयोजक सेन्ट जेभियर्सले बाँकी क्वार्टर भने ११–४, १५–४, १४–१० ले आफ्नो बनाउन सफल भएको थियो । जेभियर्सको जितमा रोविन गौतमले सर्वाधिक २० स्कोर गरे।

प्रतियोगितामा बिहीबार पहिलो खेल सेन्ट जेभियर्स र थेम्सको महिला टोलीले खेल्नेछ भने दोस्रो खेलमा अक्सब्रिज र न्याथम कलेजको पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ वैशाख २०७५ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App