coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘स्वस्थ जीवन’ मञ्चन

काठमाडौं – ललितपुरको लगनखेलमा स्वास्थ्य सम्बन्धी सडक नाटक ‘स्वस्थ जीवन’ मञ्चन गरिएको छ । अक्सफोड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन अस्पतालले एजुकेशनल थिएटर इन नेपालसँगको सहकार्यमा यो नाटक मञ्चन गरेको हो।

केवल भुजेलको लेखन तथा निर्देशन रहेको नाटक गत वैशाख १० गते देखी ललितपुरका निम्न प्राथमिक तहका छात्र,छात्रालाई केन्द्रित गर्दै मञ्चन गरिँदै आएको छ । निर्देशक भुजेलले नाटकमा बालबालिकालाई कसरी स्वस्थ जीवन जिउने भन्ने कुरालाई रमाइलो वातावरणमा बालबालिकामाझ देखाइने गरेको बताए।

नाटकमा बालबालिकालाई बिहान र बेलुका दाँत माझ्नु पर्ने, खानाखानु भन्दा अगाडी र शौचालय गएर आएपछि राम्रोसँग साबुन पानीले हातधुनु पर्ने र यसो नगरेमा झाडापखाला र टाइफाइड जस्ता रोग लाग्ने सन्देश दिइएको छ । नाटकमा परी शाक्य, सुनैना पन्थी, आईपी आचार्य, मनोज तामाङ, सपना खत्री र प्रतिक दुलाललगायतको अभिनय छ ।

 

प्रकाशित: २७ वैशाख २०७५ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App