coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेयरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै र्याली

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै बुधबार दोस्रोपटक र्याली निकालिएको छ । नगरप्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमणविरुद्ध गठित विरोध समितिको आयोजनामा आक्रमणकारीलाई तुरुन्त कारबाही गर, जनतालाई सुरक्षाको प्रत्याभूति देऊ भन्ने नाराका साथ ¥याली गरिएको हो।

र्याली बालकुमारी मन्दिर परिसर मध्यपुर थिमिबाट सुरु भएको थियो । र्याली बालकुमारी, दुईपोखरी, चपाचो, बाहाखा बजार, नगदेश हुँंदै महानगरीय प्रहरी वृृत्त बाहाखा बजारमा पुगेर टुंगिएको थियो । यसअघि वैशाख १२ गते यस्तै र्याली गरिएको थियो । नगरप्रमुख श्रेष्ठमाथि गएको वैशाख ८ गते शनिबार साँझ आक्रमण भएको थियो।

प्रकाशित: २७ वैशाख २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App