६ वैशाख २०८१ बिहीबार
खेल

अाइपीएलमा मुम्बई इण्डियन्स १०२ रनले विजयी

भारत – भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा काेलकत्ता नाइट राइडर्सलाइ १०२ रनले हराउँदै मुम्बई इण्डियन्स विजयी भएकाे छ। मुम्बइले कोलकातासामु २११ रनको लक्ष्य प्रस्तुत गरेको थियाे। जवाफी ब्याटिङ गरेकाे काेलकत्ताले १८.१ अाेभरमा अलअाउट हुँदै १०८ रनमात्र बनायाे।

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएकाे थियाे। मुम्बईका लागि इसन किसनले सर्वाधिक ६२ रन बनाए। २१ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। सूर्यकुमार यादव र रोहित शर्माले ३६–३६ रन जोडे। बेन कटिङले २४, हार्दिक पाण्डेले १९ र इभन लुइसले १८ रन बनाए।  

प्रकाशित: २७ वैशाख २०७५ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App