६ वैशाख २०८१ बिहीबार
समाज

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा– गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

ना ५ ख १४७२ नम्बरको बाह्र चक्के ट्रकले पैदल हिँड्दै गरेका सोही ठाउँमा २८ वर्षीय चन्द्रमान श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रमुख दयाराम पौडेलले बताए। 

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उक्त ट्रक छेवेटारबाट बाह्रकिलोतर्फ आउँदै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको हो। चालक प्रहरी नियन्त्रणमा छन्। 

 

प्रकाशित: २६ वैशाख २०७५ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App