८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुकले राम्रो नेतृत्व पाउनै सकेन : कांग्रेस नेता भण्डारी

रामेछाप– नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलकले अहिलेसम्म राम्रो नेतृत्व पाउन नसकेको बताएका छन्। 
बुधबार रामेछापको मन्थलीमा पत्रकारहरुसँगको भेटमा नेता भण्डारीले मुलुकमा धैरे नेतृत्वहरु आएको तर प्रभावकारी काम गर्न सक्ने नेतृत्व नै राम्रो आउन नसक्नुको परिणाम भएको टिप्पणी गरे।

यदि नेतृत्वमा आएर राम्रो काम गर्न सकिदैन भने झुण्डिएर बस्न नहुने उनको भनाई छ। उनले भने– ‘केही गर्न पनि नसक्ने अनि झुण्डिएर बसिरहने प्रवृतिले गर्दा पनि मुलुकपछि परेको हो।’ राजनीति गर्ने र नेतृत्व लिने मान्छेले जोखिम पनि उठाउन सक्नु पर्ने उनको ठहर छ। 

उनले पछिल्लो राजनीतिक घटनाक्रम र कांग्रेसको स्थितिबारे व्यग्य गर्दै भने– सबै पसलमा व्यापार हुन्छ भन्ने छैन्। साहुजी पनि गतिलो र प्रभाव पार्न सक्ने हुनुपर्छ, अनि मात्र व्यापार हुन्छ।’ अहिले पार्टीमा पनि त्यही भएको भन्दै उनले नेतृत्वलाई साहुजीको संज्ञा दिदै व्यंग्य गरे। पार्टीभित्र केही कमीकमजोरी रहेको र त्यो कमजोरी सच्चिने अवस्थामा रहेको पनि भण्डारीले बताए। आफैले आफैलाई हराउने केही प्रबृतिका कारण पनि पार्टी वर्तमान अवस्थामा पुगेको उनले बताए। जसको उपचार नै नरहेको भण्डारीले उल्लेख गरे। 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ठुलो कुराका लागि नाकाबन्दी सधैका लागि अन्त्य हुनुपर्ने बताए। भारतको नाकाबन्दीका कारण सधै आजित बन्ने नेपालीहरुले त्यसबाट मुक्ति पाउने अवस्थाको सृजना गर्न सक्नु ठूलो उपलब्धि हुने समेत बताए। यतिबेला जनतालाई कुन कुन सन्धी सम्झौता हुन्छ मतलब छैन्। भारतले नाकाबन्दी नगर्ने उद्घोष गराउन सके जनताका लागि ठूलै उपलब्धि भएको महशुस गर्ने बताए। 

प्रकाशित: २६ वैशाख २०७५ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App