७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई भार थेग्न गाह्रो छ : कांग्रेस नेता कार्की

इटहरी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकारको खुट्टा सानो भएको र भार धेरै भएकोले जनताको भावना बमोजिम काम गर्न नसक्ने बताएका छन्। उनले अहिलेको सरकारलाई भार थेग्न गाह्रो भएको टिप्पणी गरे।

 ‘अहिलेको बाम गठबन्धन सरकारले के गर्दिन भनेर भनेको छ, सवै चीज गर्ने भनेर भनेको छ,’ केन्द्रीय सदस्य कार्कीले बुधबार इटहरीमा नेपाली काँग्रेस २ नं. क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा भने, ‘सरकारले भार थेप्न सक्दैन्।’

उनले सरकारबिरुद्द काँग्रेसले केन्द्र र प्रदेशमा रचनात्मक तथा सशक्क्त भूमिका निर्वाह गर्नुपर्ने बतााए । ‘केन्द्र र प्रदेशमा मात्र निगरानी गरेर पुग्दैन् । अहिले तल्लो स्थानीय तहसम्म हरेक कार्यको निगरानी गर्नुपर्छ,’ उनले भने, ‘पार्टीका तल्लो तहका नेता–कार्यकर्ताले आफ्ना गतिविधी गरेर अरु पार्टीले गरेका गलत कार्यको निगरानीसँगै आफ्नै पार्टीमा पनि जाम हुन नदिन र खिया लाग्न नदिन विभिन्न गतिविधी गर्नुपर्छ ।’

नेता कार्कीले जसलाई जे जिम्मेवारी दिएको हो, त्यो पुरा गरेमा पार्टीमा सुधार आउने आशा गरे । ‘अहिले काँग्रेसमा जसले बढी अवसर पाउँछन् । तिनीहरुबीचमा बढी विवाद छ,’ उनले भने, ‘जसले अवसर पाएको छैन् । त्यो कार्यकर्ता त सक्रियतापूर्वक काम गरि रहेको  छ।’

उनले अब पार्टीमा नेताको अनुहार नदेख्ने, नेताको चाकडी नगरि वफादारीपूर्वक काम गर्ने र व्यक्तिगत स्वार्थमा नलाग्नेलाई पार्टीले विशेष सम्मान गर्नुपर्ने बताए । ‘जुन कार्यकर्ताले नेताको मुख देख्न पाएको छैन, निरन्तर पार्टीका निम्ति खट्छन, तिनीहरुले मात्र काँग्रेसलाई बनाउन योगदान गर्छन,’ उनले भने।

 उनले नेता–कार्यकर्ताले चुनाबमा हार बेर्होरेको कुरामा मात्र वहस गरेर समय खर्चनुको सट्टा अब पाँच बर्षभित्रमा काँग्रेसलाई १ नं. पार्टी बनाउने योजनासाथ अघि बढनुपर्ने सुल्झाए । ‘दोस्रो र तेस्रो पार्टी मिल्दा पहिलो भए,’ उनले भने, ‘अर्को दुईवटा पार्टी एउटै भए जसरी चुनाब लडे , हामी एउटा पार्टी दुईवटा जस्तो भएर लड्यौ, हारको अरु कुनै कारण छैन् । यसैमा बहस गरेर रुमलिएर बस्नु आवश्यक छैन ।’

उनले पार्टी नेतृत्व शेरबहादुर देउवालाई बचाउँ गदैं निश्चित अवधिका लागि निर्वाचित भएपछि निर्वाध रुपमा काम गर्नु दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो जिम्मेवारी अनुसार नेता–कार्यकर्ताले काम गरेमा पार्टीमा सुधार आउने जिकिर गरे ।

प्रकाशित: २६ वैशाख २०७५ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App