नागरिककर्मी लामिछानेलाई बाबा आनन्द सञ्चार पुरस्कार

बुधबार, २६ बैशाख २०७५, १७ : १० नागरिक

पोखरा- बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएकोछ। बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो। लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन्।

पर्वतको कुश्मा नगरपालिका निवासी लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरेका हुन्। उनले जनदिशा दैनिक, राष्ट्रिय समाचार समितिमा समेत काम गरेका थिए। उनी पोखराबाट प्रकाशित गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक समेत रहेका थिए। हाल नेपाल रिपब्लिक मिडिया अन्तर्गत नागरिकन्यूज डटकमको संयोजक छन्।

उनले फेवाताल अतिक्रमणबारे निरन्तर कलम चलाउँदै आएका छन्। उनले फेवातालको जमिन व्यक्तिको नाममा दर्ता भएको बारे निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए। फेवातालको अतिक्रमित जमिन फेवातालकै नाममा फिर्ता गराउन र ताल छेउछाउ मापदण्ड विपरित बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ।

जेठ २२ गते मंगलवार (जुन ५) विश्व वातावरण दिवसका दिन पोखरामा प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित भएको हो। पन्ध्र हजार एक सय एघार रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार स्वर्गिय श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ ।

बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए।

प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका  अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन्।

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।