‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

बुधबार, २६ बैशाख २०७५, १७ : ०४ नागरिक

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन्। 

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको जानकारी गराए। उनले भने, ‘गृह मन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यावसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीहरुले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं, अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ।’

मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए। उनले भने, ‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ भनेकोले सरकार सोही अभियानमा लागेको उनको भनाई थियो।

उनले थपे, ‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाह्रो हुँदो रहेछ।’ उनले नेपालमा अब कुनैपनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए। 

पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने, ‘नेपाल आयल निगममार्फत सरकारले नै पेट्रोलियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तरपनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं।’ 

नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरु बेचेर खाएको उनको आरोप छ। पूर्वअर्थमन्त्री डा. रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने, ‘जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाइनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मुल्यांकन गर्नेहरु नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिइरहेका छन्।’







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad