८ वैशाख २०८१ शनिबार
समाज

कुटपिटबाट वृद्धको मृत्यु,  कुटपिट गर्ने पक्राउ

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा कुटपिटबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 
५० वर्षीय रामएकवाल महतोको कुटाईबाट स्थानीय ६० वर्षीय शिवलोचन महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गत वैशाख २० गते साँझ रामएकवालले सामान्य विवादमा शिवलोचनमाथि कुटपिट गरेको र सोही कारण शिवलोचनको मंगलबार साँझ मृत्यु भएको प्रहरीको दाबी छ । 

गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचार गराएर बसेका शिवलोचनको कुटपिट भएको एक सातापछि मृत्यु भएको हो । प्रहरीले कुटपिटमा संलग्न रामएकवाल महतोलाई पक्राउ गरी आवश्यक मुद्दा प्रकृया अगाडि बढाएको छ । मृतकको शव पोष्टमार्टम गरी पठाइएको र घटनाबारे विस्तृतमा अनुसन्धान भैरहेको प्रनाउ थापाले जानकारी दिए । ‘सामान्य विवादमा कुटपिट भएको रहेछ’, थापाले भने, ‘पीडित पक्षबाट किटानी जाहेरी पनि आइसकेकाले आवश्यक मुद्दा प्रकृया अगाडि बढाएका छौं ।’

तर गोडैता नगपालिकाका मेयर देवेन्द्र कुमार यादवले भने शिवलोचनको कुटपीटबाट नभई बिरामी भएर मृत्यु भएको हुनसक्ने बताएका छन् । ‘उनीमाथि ७ दिनअघि सामान्य कुटपिट त भएको रहेछ’, मेयर यादवले भने, ‘तर दीर्घकालिन दम र सुगरको विरामी समेत रहेको र केही दिनदेखि लागेको झाडापखालाले मृत्यु भएको छिमेकीले बताइरहेका छन् ।’ प्रहरीले सत्यतथ्य छानविन गरी निर्दोष देखिए नफसाउने तथा दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

प्रकाशित: २६ वैशाख २०७५ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App