४ वैशाख २०८१ मंगलबार
समाज

बेपत्ता भनिएका वडाध्यक्ष मृत फेला

रामेछाप- उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।

मंगलबार विहानै गाउँ कार्यापालिका ११ बजेको पुग्नु पर्ने छ भन्दै घरबाट हिँडेका खत्री बैठकमा नपुगे पछि उनको खोजी थालिएको थियो। उनको मोवाइलमा फोन गर्दा खत्रीसँग सम्पर्क हुन नसकेपछि घरमा सोधखोज गर्दा बैठकमा जान्छु भनेर घरबाट निस्किएको बताए पछि उनको खोजी कार्य मंगलबारबाट नै थालिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताए।

 घरबाट बैठकमा जान्छु भनेर निस्किएको तर बैठकमा नपुगे पछि मंगलबार उनको व्यापक खोजी गरिएको थियो। खोजी गर्ने क्रममा उनले प्रयोग गरेको मोटरसाइकल सहित लगाएको कपडा र उनले बोक्ने डायरी सोही वडामा पर्ने लिखु खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बुधबार पनि खोजी गर्ने क्रममा उनको शब खोलाको दहमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा देखा परेको छ। शब खोलाबाट बाहिर निकाल्न नसकिएता पनि उनले लगाएको मोजाको आधारमा शब खत्रीकै भएको स्थानिय बताएको प्रहरीको भनाइ छ। ठूलो दहमा भएकाले लासलाई बाहिर निकाल्न नसकिएको स्थानीय स्रोत साधनलाई प्रयोग गरी लाश निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए।

घटनाको जानकारी पाउन साथ नेपाली सेनाको टोली समेत घटनास्थलतर्फ गएको बताइएको छ। नदी किनारमा फेला परेको खत्रीले बोक्ने डायरीमा जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन, अझै अध्यक्षले गर्नु पर्ने काम धरै नै बाकी रहेको छ। र ती बाँकी कामहरु क्रमश पुरा गरिदिनु भनि लेखिएको भेटिएपछि खत्रीले आत्महत्या गरेको अनुमान गरिएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान समेत थालेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। मृत भेटिएका खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन।

प्रकाशित: २६ वैशाख २०७५ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App