६ वैशाख २०८१ बिहीबार
समाज

नमूना विद्यालय घोषणा

जाजरकोट- नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ।प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो।

नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ । एक मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले जानकारी दिए। नमूना बनाएका विद्यालयमा कम्प्युटर पढाइ शुरु गर्नका लागि एकदेखि दुई वाट सम्मको सोलार वितरण गरिएको नपाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिए।

नगरपालिका भित्रका ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । विद्यार्थी बिरामी हुँदा उपचारमा सहयोग होस् भनी उपचार बाकस वितरण गरिएको नगरपालिकाले जनाएको छ।नमूना विद्यालयमा अंग्रेजी पढाइ शुरु गरेसँगै निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्य पनि घटेको छ । विद्यार्थी, शिक्षक र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता नगरपालिकाले नै बनाएर लागू गरेको छ।

नगरपालिकाले हिजो मात्र जनप्रतिनिधिका छोराछोरी र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । निजी विद्यालयमा पढाउन नपाउने निर्णयसँगै यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने देखिन्छ।रासस

प्रकाशित: २६ वैशाख २०७५ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App