कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

बुधबार, २६ बैशाख २०७५, १२ : ५६ नागरिक

डोल्पा – जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ। पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा कांग्रेस आन्तरिक किचलोमा फसेको हो। गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ।

जिल्ला कार्यसमितिमा १८ जना हुनुपर्नेमा पार्टीको विधान विपरीत संख्या बढाएर २४ पु¥याएको भन्दै पार्टी सचिव, ६ जना जिल्ला कार्यसमिति सदस्य, दुई जना महासमिति सदस्य, चार जना महाधिवेशन प्रतिनिधि, तरुण दल, नेवि संघ, दलित संघ किसान संघ लगायतको टोलीले गत मंगलबारको जिल्ला कार्यसमिति बैठक बहिष्कार गरेको सचिव जयनन्द उपाध्यायले जानकारी दिए।

विधानअनुसार पाँच वर्षसम्म क्रियाशील सदस्य नवीकरण पनि नभएको, क्षेत्रीय प्रतिनिधि र निर्वाचित जिल्ला कार्यसमितिको सदस्य पनि नभएको व्यक्तिलाई पार्टीको विधान मिचेर उपसभापति र पार्टी सचिवमा मनोनीत गरेको सचिव पक्षको आरोप छ।

जिल्ला पार्टी सचिव, उपसभापती पदमा निर्वाचित हुनका लागि निरन्तर क्रियाशील सदस्यता पाँच वर्षसम्म नवीकरण भएकोे हुनुपर्ने विधानमा उल्लेख छ। सभापति बुढाले अवैधानिक रूपले विस्तार गरेको जिल्ला कार्यसमिति सदस्य खारेज गर्न माग राख्दै मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा उजुरी दर्ता गराई सकिएको सचिव उपाध्यायले बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad