रोनाल्डो फर्किने जिदानको विश्वास

बुधबार, २६ बैशाख २०७५, १२ : १५ एजेन्सी

मड्रिड – रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले घाइते सुपरस्टार क्रिस्टियानो रोनाल्डो लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनललाई ठीक भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन्। 

लिभरपुलले च्याम्पियन्स लिगमा आश्चर्यजनक रुपमा फाइनलसम्मको यात्रा तय गर्नुमा मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शन कारण भएको स्विकार्दै जिदानले किभमा हुने फाइनल भने इजिप्टका स्टार सालाह र रोनाल्डोबीचको प्रतिस्पर्धा नहुने बताए। 

आइतबार क्याम्प नोउमा बार्सिलोनाविरुद्ध सम्पन्न एल क्लासिकोको मध्यान्तरमा चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए। जसका कारण रियाल समर्थकमाझ मे २६ को फाइनललाई रोनाल्डो ठीक नहुने चिन्ता भएपनि जिदानले भने इस्को र ड्यानी कार्भाहलसमेत अनुपस्थित हुने दुबिधा रहँदा उनी फर्किने जिदानले बताए। पोर्चुगलका स्टार रोनाल्डोको कुर्कुच्चामा चोट लागेको बताउदै जिदानले च्याम्पियन्स लिग फाइनलसम्ममा उनी ठीक भइसक्ने बताए। 

मेरो विचारमा रोनाल्डो, इस्को र कार्भाहल फाइनलका लागि ठीक हुनेछन,’ जिदानले भने,‘अहिले चोटको अवस्था अलिक गम्भीर भनेको रोनाल्डोको हो। किनकी उनी सबभन्दा पछि घाईते भएका हुन्। तर अहिले उनी राम्ररी हिँड्न थालिसकेको छन्। फाइनलसम्ममा ठीक भइसक्ने छन्। 

जेरार्ड पिकेसँग जुध्दा रोनाल्डो घाइते भएका थिए। घाइते भएपछि पनि थप ३१ मिनेट मैदानमा बिताएपनि जिदानले उनलाई दोस्रो हाफमा भने मैदान छिराएनन्। 

‘कुर्कुच्चामा उनलाई सामान्य चोट लागेको छ। गम्भीर होइन। उनी एउटा अत्यन्तै सकारात्मक सोचका खेलाडी हुन्। घाइते हुनेबित्तिकै उनले निको हुनका लागि प्रयास थाले। ४८ घण्टामा उनी राम्ररी हिँड्न थालिसकेका छन्। त्यसले उनको प्रतिबद्धता र खेल्ने चाहाना देखाउँछ,’जिदानले भने।

रियालले स्पेनिस ला लिगको खेलका लागि बुधबार सेभियाको भ्रमण गर्नेछ। तर उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियालले पनि आफ्नो स्थान शीर्ष चारमा पक्का गरिसकेकाले त्यो खेलमा थप खेलाडी घाइते नहून् भन्नेमा टोली सचेत रहनेछ। ठीक विपरीत अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान पक्का गरिनसकेको लिभरपुलले भने मुख्य खेलाडी सालाह र अन्यलाई आराम दिन सक्ने अवस्था छैन्। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad