७ वैशाख २०८१ शुक्रबार
अर्थ

रेनो क्याप्चरको प्रि बुकिङ खुला

काठमाडौं– एड्भान्स अटोमोबाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको प्रि बुकिङ खुला गरेको छ । कम्पनीले नेपाली बजारमा रेनो क्याप्चर छिटै ल्याउने तयारी गरेको जनाएको छ।

आकर्षक डिजाइनसहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइनसहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । जसमा आकषृक दोहोरो कलर दिइएको कम्पनीले जनाएको छ।

यो प्रिमियम एसयुभी प्रिमियम फिचरसहित आउन लागेको कम्पनीको भनाइ छ । रेनो क्याप्चरमा एलइडी हेडल्याम्प, टेललाइट र डिएलआर लाइट लगाइएको छ । अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्प्रेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्विल कन्ट्रोल, कि–लेस एन्ट्री, पुस बटन र अटो क्लाइमेट जस्ता फिचर्स रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पिएस पावरमा २४० एनएम टर्क प्रदान गर्ने छ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बिएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ वैशाख २०७५ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App