८ वैशाख २०८१ शनिबार
राजनीति

१८ सहसचिवको सरुवा

काठमाडौं - सरकारले १८ जना सहसचिवको सरुवा गरेको छ। साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो।

भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। भरतपुर महानगरपालिकामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका  नेत्र प्रसाद सुवेदीलाई पठाइएको छ।

निर्वाचन आयोगका सचिवद्वय नवराज ढकाललाई उद्योग मन्त्रालयमा र दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।

सामान्यको अतिरिक्त समूहमा रहेका कुमारप्रसाद दहाल विराटनगर महानगरपालिकामा सरुवा भएका छन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरु वेदबहादुर कार्कीलाई केन्द्रीय पञ्जिकरण विभाग, मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गंगाराम गेलाल निर्वाचन आयोग, कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राजेश्वर ज्ञावालीलाई काठमाडौं महानगरपालिका र विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ।

वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठ राष्ट्रिय महिला आयोगमा सरुवा भएका छन्। राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईको रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कार्यरत टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

रक्षा मन्त्रालयमा कार्यरत आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको छ। राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएकी छन्।

प्रकाशित: २६ वैशाख २०७५ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App