१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिपल्स च्वाइसमा किरणको चुनौती

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङका लागि बितेको वर्ष व्यक्तिगत रूपमा उच्च उपलब्धिमूलक थियो। 

नेपालले एसियन कप छनोटमा पाँच खेल खेल्दा सबैमा उनी पहिलो रोजाइमा थिए। २०७३ को अन्त्यतिर माल्दिभ्सको टिसी स्पोर्ट्ससँग अनुबन्धित भएका चेम्जोङको उच्च प्रदर्शनमा टोली दिबेही प्रिमियर लिग तथा प्रेसिडेन्ट्स कप र एफए कपको उपविजेता बनेको थियो।

माल्दिभ्सको उच्च प्रदर्शनबाट चर्चा बटुलेलगत्तै सिजनको अन्त्यतिर किरण भारतीय आई लिगको टोली मिर्नवा पन्जाबको रोजाइमा पर्न सफल भए। सिजनमा ९ खेल बाँकी रहँदा अनुबन्धित भएका किरणले मिर्नवाका लागि ८ खेल खेल्दा ७ पटक पहिलो रोजाइमा पोष्ट सम्हालेका थिए। उनको प्रदर्शन आई लिगमा पनि उच्चस्तरको हुँदा मिर्नवा उपाधि जित्न सफल भयो।

सिजनको अन्त्यतिर मात्र आई लिगमा अनुबन्धित भएपनि उनले त्यहाँ गतिलो प्रभाव छोड्दा अन्य नेपाली खेलाडीलाई पनि भारतमा व्यावसायीक फुटबल खेल्ने ढोका खुलेको विश्वास लिइएको छ। किरणको व्यक्तिगत सफल वर्षको परिणामस्वरुप उनी पल्सर स्पोर्ट्स अर्वाडअन्तर्गत पिपल्स च्वाइज विधाको शीर्ष पाँचको मनोनयनमा परेका छन्।

खेलप्रेमीको एसएमएस तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न खेलका राष्ट्रिय प्रशिक्षकहरूको मतका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्डका लागि उनले क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्ने अर्वाड कार्यक्रम जेठ ३ गते हुनेछ।

प्रकाशित: २६ वैशाख २०७५ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App