८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्से १६ बिन्दुले उक्लियो

काठमाडौं– नेप्से परिसूचक मंगलबार १५.६५ अंकले बढेको छ । सेयर बजार मापक नेप्से १३६१.०२ बिन्दुमा आइपुगेको छ।कारोबार रकम पनि ५० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस दिन १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर किनबेच भएका छन् ।

उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचकमा १५१.२३ बिन्दुको सुधार आएको छ । होटल समूह ४३.८८ बिन्दुले बढेको छ । उत्पादनमूलक समूह भने २.४३ बिन्दुले घटेको छ ।

कारोबार रकममा सिभिल बैंकले अग्रता लिएको छ । उक्त बैंकको नौ करोड ३१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र शिखर इन्स्योरेन्स तेस्रो भएका छन्।

प्रकाशित: २६ वैशाख २०७५ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App