पदक विजेता सम्मानित

बुधबार, २६ बैशाख २०७५, ११ : ०६ नागरिक

काठमाडौं – नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य पदक विजेता पुरुषोत्तम पोखरेलसँगै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका स्वर्णधारी चित्रप्रसाद श्रेष्ठ, एलोन श्रेष्ठ, कुइसाङ लामा, मिङमार लामा, सुस्मिता वाइबा, साजन दोङ, सागर चौलागाईं, नवराज पुरी, युवराज पुरी र रमिता माझी तथा रजत पदक विजेता सुजन मल्ललाई पनि सम्मान गरिएको थियो। 

प्रतियोगितामा नेपाल १० स्वर्ण र १ रजतसाथ टिम उपविजेता भएको थियो। सो अवसरमा नेपाली टोलीका व्यवस्थापक नेत्रबहादुर भुजेल पनि सम्मानित भए। खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरेका थिए।

खेलाडी सम्मान कार्यक्रममा संघको आयोजनामा यही वैशाखको अन्तिमबाट तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने जानकारी गराइयो। 

प्रतियोगितामा ९ देशका खेलाडी सहभागी हुने निश्चित भइसकेको नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए। काठमाडौंका बसुन्धारामा यही वैशाख ३० र ३१ गते हुने ४ सय ९५ खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad