डिपिएल–२ मा सबा ३ करोड खर्च

बुधबार, २६ बैशाख २०७५, १० : ३६ दिलबहादुर छत्याल

धनगढी – धनगढीमा आयोजना भएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ क्रिकेट प्रतियोगितामा करिब सवा ३ करोड खर्च भएको विवरण आयोजकले सार्वजनिक गरेको छ।

धनगढी क्रिकेट एकेडेमीले मङ्गलबार पत्रकार सम्मेलन गरी तीन करोड १२ लाख ७६ हजार ८ सय २७ रुपियाँबराबरको आयव्यय विवरण सार्वजनिक गरेको हो । गत वर्षभन्दा ३ गुणा बढी खर्च भएको र प्रायोजक पनि त्यही अनुपातमा पाइएको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए । प्रायोजक, टिकट, प्रवेशशुल्कलगायतबाट नगद एक करोड ९९ लाख आठ हजार ७ सय ६२ रुपियाँ आम्दानी भएको उनले बताए।

एक करोड १३ लाख ६८ हजार ६५ रुपियाँबराबरको खाना, बसोबासलगायतका सहयोग उपलब्ध भएको उनको भनाइ थियो। आयोजकले १० लाख १५ हजार ८ सय ५० रुपियाँबराबरको टिकट बिक्री गरेको उनले बताए । ‘मैदानमा प्रवेश गरेर औसतमा दैनिक तीन हजार दर्शकले अवलोकन गरे,’ उनले भने,‘सुरुदेखि नै टिकेट काटेर खेल हेर्ने राम्रो संस्कृति विकास भएको छ।’

प्रतियोगिताको पुरस्कारमा ४३ लाख ७० हजार रुपियाँ खर्च गरिएको छ । विजेता टोलीलाई २५ लाख र उपविजेतालाई १० लाख रुपियाँ पुरस्कार दिइएको थियो । यसै गरी दोस्रो, तेस्रो हुने टिमलाई क्रमशः तीन लाख र दुई लाख रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।

यस वर्षको डिपिएल प्रतियोगितालाई आइसिसिले मान्यता दिनु प्रमुख उपलब्धि रहेको उनले बताए । ‘यसले धनगढी अन्तर्राष्ट्रिय रूपमा परिचित भयो,’ उनले भने ‘यसका साथै, विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण, थर्ड अम्पायर, रिप्ले र डिजिटल स्कोर बोर्डको व्यवस्थाले यहाँको क्रिकेट खेलमा नयाँ तरङ्ग ल्याएको उनले बताए । प्रतियोगितामा विराटनगर किङ्स, काठमाडौं गोल्डेन, रूपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड गरी छ टिमको सहभागिता रहेको थियो । धनगढीस्थित सङ्घीय प्रहरी एकाइको मैदानमा गत चैत १७ देखि ३० गतेसम्म डिपिएल–२ प्रतियोगिता सञ्चालन भएको थियो।

डिपिएल अर्को संस्करण निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट रंगशालामा आयोजना गर्ने प्रयास रहेको शाहीले बताए । ‘आगामी संस्करणमा ‘होम एन्ड अवे’, ‘डे नाइट’ खेल खेलाउने लक्ष्य रहेको छ,’ उनले भने।

डिपिएल ड्रिम फाप्ला अभियानको लागि दबाब रहेको बताए । दुई सय करोड लगानीमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारलाई प्रस्ताव पेस गरिसकेको उनले बताए । सरकारले चाहेमा ३ वर्षमा यो रंगशाला निर्माण सम्पन्न गर्न सकिने उनको भनाइ छ । फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय योजनाको रूपमा घोषणा गरी तीन वर्षभित्रै तयार गरिनुपर्ने उनको माग छ । ‘सरकारले दिएमा पब्लिक, प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा फाप्ला क्रिकेट मैदान बनाउन सकिन्छ,’ उनले भने । पिपिपी मोडेलमा रङ्गशाला निर्माण गर्दा लगानीका लागि निजी क्षेत्रहरू इच्छुक रहेको उनले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad