८ वैशाख २०८१ शनिबार
राजनीति

'सुगाैली सन्धिपछि गुमकेो स्वाभिमान फर्काउन खोज्दा अाेली सरकार ढल्यो'

काठमाडौं—नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन लागेको आरोप लगाएका छन्।

एमाले स्कुल विभागको आयोजनामा युवा सङ्घ नेपालका लागि सञ्चालन भएको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन समारोहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत ती मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली सरकार सुगौली सन्धिपछिको गुमेको राष्ट्रिय स्वाभिमानलाई जोगाउन खोज्दा स्वदेशी तथा विदेशी केही शक्तिले ढालेको बताए। 'इतिहासदेखि गुमेको राष्ट्रिय स्वाभिमान, सार्वभौम र नेपालीलाई आत्मनिर्भर बनाउन खोज्दा सरकार ढालियो', उनले भने।

कार्यक्रममा महासचिव पोखरेलले प्रशिक्षक–प्रशिक्षणमा सहभागी युवा सङ्घका पदाधिकारी र सचिवालय सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रशिक्षण सात दिनसम्म सञ्चालन भएको थियो। रासस

 

प्रकाशित: १३ भाद्र २०७३ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App